बुटवल १९ फागुन
चीनवाट फैलिएको कोरोना भाइरसका कारण नेपाली बजारमा माक्सको अभाव संगै वजारमा मुल्य वद्धि तीन गुणा उच्च भएकोे छ । चीनवाट सामान आयात नहुदाँ वजारमा माक्सको आभाव भएको हो । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको पनि वजारमा अभाव खडकिएको व्यवसायीले बताएका छन ।
बुटवलको बजारमा १५ दिनदेखि माक्स अभाव रहेको र माग अनुसार सामान नहुदाँ कालो बजारी बढेको बताईएको छ । बजारमा माक्सको अभावसंगै होलसेलमा ३ रुपैयां र फुटकर पसलहरुमा ५ देखि १० रुपैयांमा बिक्री हुने माक्स अहिले तीन गुणा बढीमा बिक्री हुने गरेको छ ।
कोरोनाना भाइरसका कारण माक्सको बढी प्रयोग हुंदा मुल्य नियन्त्रण गर्न प्रयास गरिएपनि सम्भव नभएको केमिकल एण्ड मेडिकल सप्लायर्स लुम्बिनी शाखाका कोषाध्यक्ष दिपक खनालले बताउन ुभयो ।
माक्स नेपालमा उत्पादन नहुने र चाइनामा उत्पादन भएको माक्स अहिले आउन छोडेपछि बजारमा अभाव भएको खनालले बताउनु भयो ।
चाइनामा नै माक्सको बढी माग भएपछि बुटवलमा भएका सबै पसलबाट जम्मा गरे काठमाण्डौ पठाइएको र काठमाण्डौबाट चाइना पठाइएकाले बजारमा माक्सको अभाव भएको व्यवसायीले जानकारी गराएका छन् । बुटवलमा ५५ वटा सर्जिकल पसलका होलसेल पसल संचालनमा छन् ।
बजारमा मागअनुसारको आपूर्ति नहुंदा मास्कमा कालोबजारी भएको उपभोक्ताले गुनासो गरेका छन । विश्व स्वास्थ्य संगठन नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको जनाएपछि सामान्य मास्कको माग बढेको हो । चाइनाबाटै माक्स आउन छोडेपछि माक्स खरिद गर्न पनि नपाइएको तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत ईश्वरी पौडेलले जानकारी बताउनु भयोे ।
