Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना भाइरसका कारण नेपाली बजारमा माक्सको अभावसंगै कालो बजारी मौलायो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना भाइरसका कारण नेपाली बजारमा माक्सको अभावसंगै कालो बजारी मौलायो

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0
कोरोना भाइरसका कारण नेपाली बजारमा माक्सको अभावसंगै कालो बजारी मौलायो
100
SHARES
ShareTweet



बुटवल १९ फागुन
चीनवाट फैलिएको कोरोना भाइरसका कारण नेपाली बजारमा माक्सको अभाव संगै वजारमा मुल्य वद्धि तीन गुणा उच्च भएकोे छ । चीनवाट सामान आयात नहुदाँ वजारमा माक्सको आभाव भएको हो । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको पनि वजारमा अभाव खडकिएको व्यवसायीले बताएका छन ।
बुटवलको बजारमा १५ दिनदेखि माक्स अभाव रहेको र माग अनुसार सामान नहुदाँ कालो बजारी बढेको बताईएको छ । बजारमा माक्सको अभावसंगै होलसेलमा ३ रुपैयां र फुटकर पसलहरुमा ५ देखि १० रुपैयांमा बिक्री हुने माक्स अहिले तीन गुणा बढीमा बिक्री हुने गरेको छ ।
कोरोनाना भाइरसका कारण माक्सको बढी प्रयोग हुंदा मुल्य नियन्त्रण गर्न प्रयास गरिएपनि सम्भव नभएको केमिकल एण्ड मेडिकल सप्लायर्स लुम्बिनी शाखाका कोषाध्यक्ष दिपक खनालले बताउन ुभयो ।
माक्स नेपालमा उत्पादन नहुने र चाइनामा उत्पादन भएको माक्स अहिले आउन छोडेपछि बजारमा अभाव भएको खनालले बताउनु भयो ।
चाइनामा नै माक्सको बढी माग भएपछि बुटवलमा भएका सबै पसलबाट जम्मा गरे काठमाण्डौ पठाइएको र काठमाण्डौबाट चाइना पठाइएकाले बजारमा माक्सको अभाव भएको व्यवसायीले जानकारी गराएका छन् । बुटवलमा ५५ वटा सर्जिकल पसलका होलसेल पसल संचालनमा छन् ।
बजारमा मागअनुसारको आपूर्ति नहुंदा मास्कमा कालोबजारी भएको उपभोक्ताले गुनासो गरेका छन । विश्व स्वास्थ्य संगठन नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको जनाएपछि सामान्य मास्कको माग बढेको हो । चाइनाबाटै माक्स आउन छोडेपछि माक्स खरिद गर्न पनि नपाइएको तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत ईश्वरी पौडेलले जानकारी बताउनु भयोे ।

≪ Previous Post

कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित, प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय

Next Post ≫

क्याम्पस प्रमुखको कक्षमा ताला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क