Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ पामिरमा जिल्लास्तरीय तेक्वान्दो
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पामिरमा जिल्लास्तरीय तेक्वान्दो

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0
पामिरमा जिल्लास्तरीय तेक्वान्दो
30
SHARES
ShareTweet


तिलोत्तमा, १८ फागुन । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको जिल्लास्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कूल च्याम्पियन भएको छ । ३ स्वर्ण र १ रजत पदक जित्दै लुम्बिनी बोर्डिङ च्याम्पियन भएको हो ।
त्यस्तै ३ स्वर्ण र ३ कास्यपदक जित्दै तिनाउ बोर्डिङ स्कूल दोस्रो भएको छ भने आयोजक पामिर एकेडेमी १ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै तेस्रो भएको छ । प्रतियोगितामा पामिरकी खुस्बु थापा उत्कृष्ट छात्रा तथा इडन बोर्डिङका अर्जुन मगर उत्कृष्ट छात्रबाट पुरस्कृत भएका छन् ।
छात्रछात्रा दुई विधामा २० केजी, २५ केजी, ३० केजी, ३५ केजी र ४० केजी समूहमा प्रतियोगिता गराइएको थियो । सहभागी विद्यार्थीहरुले १० स्वर्णका लागि प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा लुम्बिनी बोर्डिङ, पामिर एकेडेमी, साइनिङ स्टार, बुटवल पब्लिक स्कूल, तिनाउ इङलिस स्कूल, इडन इङलिस स्कूल, ज्ञानपुञ्ज इङलिस स्कूल, स्कलर्सहोम बोर्डिङ स्कूल, गणेश पव्लिक, एम्स, बुद्धदिप र सिद्धार्थ बोर्डिङ स्कूलले भाग लिएका थिए । प्रतियोगिताको उदघाटन गर्दै तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले विद्यालयले खेलकुद प्रतियोगिताका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको उल्लेख गर्नुभयो । त्यस अवसरमा नगर खेलकुद विकास समितिका सदस्य श्रीराम नेपाली, विद्यालयका प्राचार्य माधव अर्याल, नेपाल तेक्वान्दो संघ प्रदेश ५ का सदस्य रामु बरुण, राजकुमार पाण्डे, एभरेष्ट तेक्वान्दो डोजाङका प्रमुख सुरज श्रेष्ठ, खेल संयोजक राजिव क्षेत्रीलगायतले आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

≪ Previous Post

प्रदेश पाँच :स्थानीय तह र शिक्षामा बढी अख्तियार दुरुपयोग

Next Post ≫

७ सय कुखुरा बरामद गरी नष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क