Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लैंगिक तथा सामाजिक समावेशीकरणलाई साझा सवाल बनाउन जोड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लैंगिक तथा सामाजिक समावेशीकरणलाई साझा सवाल बनाउन जोड

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0
लैंगिक तथा सामाजिक समावेशीकरणलाई साझा सवाल बनाउन जोड
80
SHARES
ShareTweet


बुटवल १८ फागुन
प्रदेश सरकारले लैंगिक तथा सामाजिक समावेशीकरणको विषयलाई महिला र सिमान्तकृत वर्गको नभै साझा विषय बनाउन सरोकारवालाले आग्रह गरेका छन् । त्यसकालागिनीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन ।
प्रदेश मानव विकास, गरिबी, शिक्ष्ाँ, स्वास्थ्य,पोषण लैंगिक समानता लगायतका सुचकमा राष्ट्रिय औसतभन्दा पछाडि रहेकाले लैंगिक तथा सामाजिक समावेशीकरणका नीति आवश्यक परेको उनीहरुले बताएका हुन । युएनडिपीको सहकार्यमा संचारिका समूह नेपालले शनिबार बुटवलमा आयोजना गरेको लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रममा उनीहरुले लक्षीत वर्गको पहिचान र आवश्यकता जरुरी रहेको जनाएका छन । ‘प्रदेश सरकारका काममा सरोकारवालाहरु बीचको सहकार्य र बढाउनुपर्छ । योजनाले लक्षीत वर्ग भेटाउनु पर्छ,’ उनीहरुले भने ‘यसले मात्रै दिगो र भरपर्दो माध्ययमबाट सामाजिक विकास गर्न सकिने छ ।’
उपसभामुख कृष्णी थारुले भौतिक विकासलाई मात्रै विकास मान्ने परम्परा नहटाउदा सामाजिक विकास हुन नसकेको बताउनुभयो । ३ तहका सरकारबीच लैंगिक तथा सामाजिक समावेशीकरणका नीति, योजना निर्माण, बा“डफा“ड र कार्यान्वयनमा समन्वय हुन सके मात्रै दिगो विकासको लक्ष्य भेटाउन सकिने उहाको भनाइ थियो । ‘हामी लैंगिक नीति तर्जुमा गर्न, योजना बनाउन र कार्यान्वयन गर्न प्रतिवद्ध छौं,’ उहाले भन्नुभयो, ‘ऐनलाई नीति र कार्यविधीले कमजोर बनाउनु भएन ।’
नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले महिला र सिमान्तकृत वर्गप्रति राजनीतिक र सामाजिक दृष्टिकोण स्पष्ट नहुदा समस्या भएको बताउनुभयो । ‘लैंगिक सवाललाई पुरुषले आफ्नो पनि हो भनेर ग्रहण नगर्दा समस्या छ,’ उहाले भन्नुभयो, ‘यसलाई साझा विषयका रुपमा उठान गर्न आवश्यक छ ।’
प्रदेश मामिला तथा कानुन सभापति दामा शर्माले नीति राम्रो भएपनि कार्यान्वयन गर्नेको नीति स्पष्ट नहुदा लैंगिक तथा सामाजिक समावेशीकरणका मुद्धा ओझेलमा परेको बताउनुभयो । ‘त्यसका लागि प्रदेशसभा सदस्यहरुले सदन भित्र र बाहिरबाट लविड. गरिरहेका छौं ।’ उहाले भन्नुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष इश्वर गौतमले बजेट, स्रोत तथा वित्तिय व्यवस्थापनको पहुंच सबै वर्गमा नपुग्दा सामाजिक विकासमा प्रदेश पछाडि परेको बताउनुभयो । ‘विकासमा लक्षीत वर्गको पहु“च र निर्णयले सामाजिक विकासमा परिवर्तन ल्याउन सकिने भनदै उहाले पञ्चवर्षिय आवधिक योजनामा यसलाई समेटेको बताउनुभयो ।
युएनडिपीका प्रदेश संयोजक सुदीप अर्यालले दिगो विकास लक्ष्य प्राप्तिका लागि लैंगिक समानता र सामाजिक समावेशीकरणलाई जोड दिनुपर्ने बताउनुभयो । लैंगिक हिंसा र भेदभावले दिगो विकासको लक्ष्य भेटाउन नसक्ने भन्दै यसलाई कम गर्न जनप्रतिनिधीहरु अघि सर्नुपर्ने उहाको भनाइ थियो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदका सचिव राजेन्द्र आचार्य र गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानु पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा निचोड निकाल्दै संचारिका समूह प्रदेश महासचिव अमृता अनमोलले लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषयलाई नीति, योजना र बजेटमा प्राथमिकतामा ल्याउन जनप्रतिनिधी तथा सामाजिक संस्था ऐकीवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । लक्षीत वर्गकालागि छुट्याइएको बजेट कटौतीले अभियान प्रभावीत भएको बताउदै ३ तहकै सरकारलाई लक्षीत वर्गले पाउदै आएको ३३ प्रतिशत बजेट नघटाउन लवीड. गर्ने बताउनुभयो ।

≪ Previous Post

महिला उद्यमीको औद्योगिक महोत्सव सफल पार्ने प्रतिवद्धता

Next Post ≫

प्रदेश पाँच :स्थानीय तह र शिक्षामा बढी अख्तियार दुरुपयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क