Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मानव कल्याण मित्र मञ्च भ्रमण वर्षको प्रचारप्रसारमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव कल्याण मित्र मञ्च भ्रमण वर्षको प्रचारप्रसारमा

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७६ · 0
मानव कल्याण मित्र मञ्च भ्रमण वर्षको प्रचारप्रसारमा
70
SHARES
ShareTweet


बुटवल, ९ फागुन । मानव कल्याण मित्र मञ्च नेपालले भारतमा नेपाल भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनकालागि भारतमा प्रचारात्मक कार्यक्रम गर्ने तयारी गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराउनु भयो ।
मञ्चका अध्यक्ष अर्यालका अनुसार मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मित्र मञ्चले भारतको नयाँ दिल्लीमा नेपाल भ्रमण बर्षको प्रचार प्रसार कार्यक्रम गर्ने तयारी गरेको छ । भारतमा रहेका नेपालीहरुको संस्था प्रवासी नेपाली मित्र मञ्चले महिला हिंसा विरुद्ध प्रत्येक बर्ष चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
नेपालमा गठन गरिएको त्यसैको भगिनी संस्था मानव कल्याण मित्र मञ्चले भ्रमण बर्षको प्रचार प्रसार संगै नेपालका पर्यटकीय क्षेत्रहरुलाई समेटेर बनाईएको डकुमेन्ट्रि समेत प्रदर्शन गरिने संस्थाका महासचिव गोबिन्द पोखरेलले जानकनरी गराउनु भयो ।
मञ्चको बिहिबार बुटवलमा बसेको बैठकले उक्त कार्यक्रममा भारतमा रहेका नेपालीलाई उत्साहजनक सहभागिताको लागि समेत आग्रह गरेको छ । बैठकले मञ्चको कार्यालय भवन निर्माणकालागि जग्गा व्यबस्थापन गरिदिन तिलोत्तमा नगरपालिकासंग आग्रह गर्ने निर्णय पनि गरेको छ । त्यस्तै विशेष कार्यक्रमको आयोजना गरेर बुद्ध जयन्ति समारोह मनाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा मञ्चका सल्लाहकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, संरक्षक अम्विका अर्याल, कोषाध्यक्ष शालिकराम गौतम लगायतले मञ्चले सामाजिक क्षेत्रमा समेत रचनात्मक काम गर्नुपर्ने भनाई राख्नु भएको थियो ।
प्रवासी नेपालीहरुका समस्या समाधानका लागि भारतमा काम गर्दै आएको प्रवासी नेपाली मित्र मञ्चको भगिनी संस्था मानव कल्याण मित्र मञ्चले सहयोगि संस्थाको रुपमा काम गर्ने र अन्य सामाजिक तथा रचनात्मक काममा समेत मञ्चको सक्रिय योगदान रहने मञ्चका अध्यक्ष अर्यालले बताउनु भयो ।

≪ Previous Post

महा शिवरात्रीमा मुलुक भरका शिवालय मन्दिरमा दर्शनाथीको भीड

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क