बुटवल ४ फागुन
आफनै ८ वर्षिय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फरार बुवालाई ६ महिना पछि प्रहरीले पक्राउ गरेको छ ।
गत साउन २३ गते छोरीलाई करणी गरेको अभियोगमा छोरीकी आमाले प्रहरीमा दिएको किटानी जाहेरी पछि बुवा फरार रहेको थियो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा भएको उक्त घटनाका ४२ वर्षिय बुवालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले बताउनु भयो ।
मदीरा सेवन गरि छोरीलाई करणी गरेको बुवा भारतमा लुकिछिपी बस्ने लेवरकाम गर्ने गरेको र नेपाल आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको प्रनाउ भटृराईले बताउनु भयो ।
