Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास

संसारपोस्ट संवाददाता · २८ माघ २०७६ · 0
भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास
60
SHARES
ShareTweet

कृषि क्षेत्रमा विदेशी लगानी भित्राउन आवश्यक : मन्त्री भुषाल



भैरहवा, २८ माघ । लुम्बिनी प्रेस क्लव सिद्धार्थनगरले निर्माण गर्न लागेको भवनको आज शिलन्याश गरिएको छ । भवनको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले भवनको शिलान्याश गर्नुभएको हो ।
सो अवसरमा बोल्दै मन्त्री भुसालले कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक रहेको बताउनुभएको छ । यसको लागि सरकारले अन्तर्राष्ट्रिय कृषि लगानी सम्मेलन आयोजना गर्ने गृहकार्य गरिरहेको बताउदै मन्त्री भुसालले कृषि लगानी सम्मेलन मार्फत कृषि क्षेत्रमा लगानी गरेपछि केही भए पनि नाफा पाउनुहुन्छ भन्ने कुरामा विदेशी लगानीकर्तालाई विश्वस्त पार्ने बताउनु भयो ।
कृषि मन्त्रालय सम्हाले लगतै केही दिन आफु निकै निरास बनेको बताउदै मन्त्री भुसालले विस्तारै आफुमा आत्मबल बढेकाले अब केही गर्छु भन्ने आत्मवल बढेको उहांले वताउनु भयो ।
सोही कार्यक्रममा मन्त्री भुसालले आफ्नो संसदीय विकास क्षेत्र कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ लुम्बिनी प्रेस क्लबको भवन निमार्णका लागि सहयोग गर्नुभएको छ ।
प्रेस क्लवले भैरहवामा निर्माण गर्ने भवन अपाङ्ग मैत्रि र चार तल्लाको बन्ने छ । करिब दुई करोड रुपैयाँको लगानीमा बन्ने भवनको पहिलो तल्ला सेमिनार हल, दोस्रो तला क्लबको कार्यालय, तेस्रो तला पत्रकाहरुका लागि गेष्ट हाउस र चौथौ तलामा पत्रकारहरुको संग्राहालय बन्ने प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले बताउनुभयो ।


कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, फखरुद्दीन खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, पूर्व सांसद इस्तियाक अहमद खान, रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, उद्योगी व्यवसायी संघसस्थाका प्रतिनिधिलगायतले पत्रकारले सत्य र यथार्थ कुरा बाहिर ल्याउनु पर्ने, मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्ने बताउनु भयो । कार्यक्रम क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता उपाध्यक्ष नरेश केसीको स्वागत तथा महासचिव संम्झना शर्माको सञ्चालनमा भएको थियो ।
प्रेस क्लवको भवन शिलन्यासका क्रममा भवन निमार्णका लागि बिभिन्न क्षेत्रबाट एक लाख २० हजारर रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । भैरहवामा रहेको सिद्धार्थ यातायात प्रालिले ११ हजार १ सय ११ रुपैयाँ, जापानिज भाषा प्रशिक्षण केन्द्रका सञ्चालक पुनहरी बेल्वासेले दश हजार एक रुपैयाँ, होटल पौवा भैरहवाले पचास हजार र समाजसेबी ओमकार गौचनले एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ सहयोग गर्नुभएको छ ।

≪ Previous Post

काँग्रेसको स्वास्थ्य विभागले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने

Next Post ≫

नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क