Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा ब्यापार मेलामा ज्योती मगर आउने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा ब्यापार मेलामा ज्योती मगर आउने

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0
तिलोत्तमा ब्यापार मेलामा ज्योती मगर आउने
60
SHARES
ShareTweet

मणिग्राम, १७ माघ । तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा यही माघ १० गते देखि मणिग्राममा सञ्चालन भैरहेको ब्यापार मेलामा शनिबार चर्चित लोकगायिका तथा मोडल ज्योती मगरको बिशेष प्रस्तुति रहने छ । तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको ‘दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६’मा नृत्य र लोक दोहोरी प्रस्तुतिका लागि ज्योती मणिग्राम आउने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघले जनाएको छ ।
आयोजकका अनुसार दर्शकको सर्वाधिक रोजाईमा परेकी ज्योतिलाई आम दर्शककै माग अनुसार मेलामा आमन्त्रण गरिएको हो । ज्योतिका नृत्यसहित लोकदोहोरी र अन्य थुप्रै प्रस्तुति रहनेछन् । रोल्पा जिल्लाको साविक नुवागाउँ गाविसमा जन्मिएकी ज्योति विसं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
आफ्नो गिती ‘एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना’ बजारमा आएपछि चर्चामा आएकी ज्योती ढाडे बिरालो नामक गित पछि त उनी झनै चर्चामा आउनु भयो । मेलामा शनिबार ज्योतिसंगै राष्ट्रिय तथा स्थानीय लगायतका कलाकाहरूको समेत प्रस्तुती रहने छ । शनिबार ज्योतीसंगै लोक तथा दोहोरी गायक बसन्त लम्साल, मोडल बिनु शाक्य, गायक कृष्ण रानाभाट र पुनम सुनारको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङ्ले जानकारी गराउनु भयो ।
शनिबार प्रतियोगिता अन्तरगत एक्सपर्ट तिलोत्तमा लोक ताराको फाईनल प्रतिस्पर्धा हुनेछ भने न्यू होल्याण्ड तिलोत्तमा डान्स आईडलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहनेछ । मेला यहि माघ २१ गतेसम्म चल्नेछ । शुक्रबार चर्चित बाल कलाकार कमला घिमिरे, रमेशराज भट्टराई, नारायण बिपी परियार, पुरुषोत्तम पौडेल, बिष्णु श्रीपाली, सञ्जिव सिंह राना लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । शुक्रबार चन्द्रौटा उद्योग वाणिज्य संघ तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु सहितको टोलीले मेलाको अवलोकन गरेको मेलाका संयोजक एबं तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले जानकारी दिनुभयो ।

≪ Previous Post

सैनामैनामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

Next Post ≫

यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान, व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क