बुुटवल १७ माघ
यातायात व्यवसायीहरुको कपिलवस्तुको वाणगंगामा भएको बृहत भेलाले यातयात व्यवसायी संघ संस्थाहरु बीचमा रहेको आन्तरिक विवाद समाधान गरेको छ ।
विगत दुई वर्ष देखि महासंघमा नारायणी यातयात व्यवसायीका अध्यक्ष हिरालाल श्रेष्ठ र नारायणी यातयात प्रालिका अध्यक्ष गोकर्ण पराजुली बीच देखिएको आपसी दण्ड कपिलवस्तु भेलाले समाधान गरेको भेलाआयोजक समितिका संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो । विवाद समाधान परेका समस्याको समाधानका लागिएकसाथ जुटेर अगाडी बढने प्रतिवद्धता समेत उहाँहरुले जनाउनु भएको छ ।
त्यसैगरि भेलामा सहभागी व्यवसायीले सरकारले यातयात व्यवसायीले राखेका माग पुरा नगरे दुर्घटना नहेने र गाडीको चापी सरकारलाई बुझाउने निर्णय पनि गरेका छन ।
नेपाल टृक यातयात व्यवसायी ५ नम्बर प्रदेशको आयोजनामा भएको छलफल कार्यक्रमले यातायात क्षेत्रमा देखा परेको अन्यौलता हटाउनका लागि महासंघले पुर्व अध्यक्ष पदाधीकारी सल्लाहकारहरुलाई बैठकमा आमन्त्रण गर्ने समेत सहमती गरेका छन । त्यसैगरि भेलाले सरकारले ल्याएको २० लाखको थ्रेसहोड हटाउनु पर्ने, अन्यथा यातयात व्यवसायीले दुर्घटना हेर्न नसक्ने धारणा राखेका छन ।


