Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मुख्य मन्त्री पोखरेलद्धारा शहीद दिवसको शुभकामना सन्देश जारी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुख्य मन्त्री पोखरेलद्धारा शहीद दिवसको शुभकामना सन्देश जारी

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
मुख्य मन्त्री  पोखरेलद्धारा शहीद दिवसको शुभकामना  सन्देश जारी
100
SHARES
ShareTweet

बुटवल १६ माघ
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले विहिवार आज शहीद दिवसको शुभ उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्नु भएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले
एकतन्त्रीय जहानियाँ राणा शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्र स्थापनाको लागि अमर शहीदले प्राणको आहुति दिएका हुन् । प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्ने गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द लगायत सम्पूर्ण ज्ञात—अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शहिदले देखाएको न्यायपूर्ण समाज निर्माणको बाटोमा अविचलित ढंगले लाग्न प्रतिबद्ध रहदै हामी सबैको सक्रिय सहभागिता हुने विश्वास लिएको छु ।
अन्याय र अत्याचारको अन्त्य र न्याय, स्वतन्त्रता र समतामुलक समाज निमार्णको लागि ज्यानको आहुती दिने शहीदकै योगदानले नेपालका तीन ठूला राजनैतिक परिवर्तन संभव भएका हुन् । २००७ सालको जनक्रान्तिबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रार्दुभाव भयो । प्रजातन्त्रको घाँटी निमोठेर २०१७ सालमा स्थापना गरिएको निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भयो । २०६२।०६३ को लोकतान्त्रिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र संभव भएको हो । यी सबै राजनैतिक संघर्षमा ज्यानको आहुति दिने वीर शहीद अमर छन् ।

संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको छ । संविधानले नागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गरेको छ । संविधानमा व्यवस्था गरिएका नागरिकका यी मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो हुनुपर्छ । बलियो राज्यले मात्रै नागरिकको मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्छ । विकास र समृद्धि मार्फत राज्यलाई बलियो बनाउने र नागरिकका सपना पूरा गर्न दृढ छौ ।
यतिखेर मुलुक संविधान कार्यान्वयनको अभियानमा सफलतापूर्वक अघि बढ्दै संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने दिशामा अघि बढिरहेको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा पुग्न सक्दा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

≪ Previous Post

शहीद दिवश मनाइँदै, मुलुकमा कति व्यक्ति शहीद भए आधिकारिक तथ्याङ्क छैन

Next Post ≫

कवाडी बोराको खातले च्यापिएर रुपन्देहीमा एकै परिवारका ४ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क