जथाभावी फोहर फ्याँक्नेलाई दण्डित गरिने
तिलोत्तमा, १४ माघ । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ खुला शुन्य पोलिथिन घोषणा गर्ने नगरको पहिलो वडा भएको छ । नगरका १७ वटा वडामध्ये वडा नम्बर ९ शुन्य पोलिथिन घोषणामा पहिलो भएको हो । मंगलबार एक समारोहका बीच वडा नम्बर ९ लाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि नगरप्रमुख र वडाध्यक्षको नेतृत्वमा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए ।
उक्त ¥याली मंगलापुर चोकमा पुगेर घोषणासभामा परिणत भएको थियो । समारोहमा वडालाई खुला शुन्य पोलिथिन वडा घोषणा गर्दै नगरप्रमुख वासुदेव घिमिरेले वडाध्यक्ष नारायण न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभयो । उहांले अव छिटै नै सिंगो नगर खुला शुन्य पोलिथिनमुक्त हुने क्रममा रहेको भन्दै यो अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्नुभयो ।
वडा नम्बर ९ शुन्य पोलिथिन घोषणा गर्ने नगरमै पहिलो वडा बनेकोमा बधाई दिंदै नगरप्रमुख घिमिरेले अव यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
शुन्य पोलिथिन घोषणा भएसँगै उक्त वडाले अव प्लाष्टिकजन्य फोहर सडक, सार्वजनिकस्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिने नीति बनाएको छ । कार्यक्रममा वडाअध्यक्ष नारायण न्यौपानेले शुन्य पोलिथिन वडा घोषणा भएपछि अव यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने वताउनु भयो । उहांले अव सवारीसाधनबाट जथाभावी फोहर फयाँक्ने वा घर, पसल लगायतबाट प्लाष्टिकजन्य फोहर फ्याँक्ने लाई जरिवाना गरिने वताउनु भयो ।
वडामा क्रियाशिल विभिन्न टोल कमिटीलाई परिचालन गरी सिंगो वडालाई शुन्य पोलिथिन बनाउन सफल भएको भन्दै उहांले यसमा दिनरात खट्ने सिम नेपाल र सम्पूर्ण वडाबासीलाई धन्यवाद दिनुभयो ।

सिम नेपालले तिलोत्तमा नगरपालिकालाई यही माघ महिनाभित्रै शुन्य पोलिथिन घोषणा गर्ने गरी अभियान चलाइरहेको छ । यसको नेतृत्व वातावरणविद निपेश ढाकाले गर्नुभएको छ । अव एकसाताभित्र नगरका सबै वडालाई खुला शुन्य पोलिथिन घोषणा गरिने अभियान्ता ढाकाले बताउनु भयो । “अव हामी अन्तिम चरणमा आएका छौं, एकसाताभित्र नगरका सबै १७ वटै वडा शुन्य पोलिथिन घोषित हुन्छन्, त्यसपछि बृहत कार्यक्रमका बीच सिंगो नगरलाई शुन्य पोलिथिन घोषणा गर्छौं”–ढाकाले भन्नुभयो ।
तिलोत्तमा नगरले यसअघि नै प्लाष्टिक निषेध घोषणा गरेको थियो । प्लाष्टिक र पोलिथिन फरक प्रकृति भएको भन्दै सुरुआतमा पोलिथिन मुक्त घोषणा गरिंदैछ । पोलिथिनले उच्च प्रदुषण गर्ने भन्दै सीम नेपालले तिलोत्तमाबाट सुरु गरेको यो अभियान मुलुकभर नै चलाउँदैछ ।
पोलिथिन भनेका चकलेट, बिस्कुट, चाउचाउका प्याकेट हुन् । जसको पुनःप्रयोग हँुदैन । वातावरणलाई उच्च जोखिममा राख्छन् । प्लाष्टिक भने भाडा वर्तनसहित कुर्चीहरु हुन् । जसको पुनःप्रयोग गर्न सकिन्छ । यी दुई वस्तुलाई छुट्टयाएर नगरपालिकाले व्यवस्थापन गर्न लागेको हो ।
सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानका क्रममा प्लाष्टिकजन्य फोहोर बढी पाइएपछि यो अभियान थालिएको हो ।