बुटवल ८ माघ
तिलोत्तमा नगरपालिका वडा नम्बर. ६, मा अवस्थित डन चिल्डेन्स् इङ्गलिस् हाई स्कुलमा वार्षिक क्यालेण्डर अनुसार बुधवार देखि खेलकुद सप्ताह शुरु भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष ऋषिराम भण्डारी र प्राचार्य कृष्ण प्रसाद खनालद्वयले सयुंक्तरुपमा खेलकुद सप्ताहको उद्घाटन गर्नु भएको हो । शुभारम्भकै अवसरमा विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले विद्यालयबाट पुरानो सडक, ड्राईभरटोल, विष्णुपुर, १० नं, १२ नं, शान्ति स्कुल चोक हुदै पुन विद्यालयसम्म सचेतनामुलक ¥याली पनि निकालेका थिए ।
यही माघ १५ गते सम्मसंचालन हुने खेलकुद सप्ताहमा पुर्व प्रार्थमिक, सब जुनियर, जुनियर तथा सिनियर तहका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितात्मक खेलहरु खेलाईने कार्यक्रम रहेको छ । खेल सप्ताहको पहिलो दिन वास्केटमा बल फाल्ने, बलुन डान्स् तातो आलु, म्यूजिकल चेयर, चम्चा दौड, रङ्ग भर्ने, स्किपिङ्ग, चित्रकला र भलिबल जस्ता खेलहरु खेलाइएको थियो ।