Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु ,स्वास्थ्य चौकीलाई अस्पताल बनाईने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु ,स्वास्थ्य चौकीलाई अस्पताल बनाईने

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0
तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु ,स्वास्थ्य चौकीलाई अस्पताल बनाईने
100
SHARES
ShareTweet

बुटवल २९, पुस
रुपन्देहीको तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो ।

सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममारहेका छन् ।

१५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो । सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले जग्गाको समस्या समाधान हुनेवित्तिकै निर्माण अघि बढ्ने प्रष्टाउनुभयो ।

चिकित्सकीय सेवा सुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले जग्गाको स्वामित्व स्वास्थ्यचौकी मातहतमा आएपछि १५ शैंयाको अस्पताल बनाइने बताउनुभयो । स्वास्थ्यचौकीले उपयोग गरेको जग्गालाई चौकी मातहत ल्याउन आफू लागिपरेको बताउँदै उहाँले स्वास्थ्यचौकीलाई अस्पताल बनाउन नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका सबै जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

५ नं. प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणका लागि निर्देशनालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । चिकित्सकीय सेवा सुरु गरेर तिलोत्तमाले राम्रो कामको प्रारम्भ गरेको बताउँदै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी, करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे, स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष कृष्ण पौडेललगायतले बोल्नुभएको थियो ।

नगर प्रमुख जागेश्वरी चौधरीको अध्यक्षता, स्वास्थ्यचौकी ईञ्चार्ज कमल पाण्डेयको सञ्चालन तथा शिक्षा उप–सचिव गंगाराम आचार्यको स्वागतमा कार्यक्रम भएको हो । निःशुल्क चिकित्सकीय सेवा सुरु गरिएको सेमराबजार स्वास्थ्य चौकीमा प्रयोगशाला समेत छ । हाल स्वास्थ्य चौकीमा डा. विनोद बढई कार्यरत रहनुभएको छ ।

सोही अवसरमा बर्थिङ सेन्टरमा सुत्केरी भएकाहरुलाई प्रोत्साहन स्वरुप थप पाँच सय रुपैंयाँ प्रदान गरिएको थियो । तिलोत्तमा नगरपालिकाले शुन्य होम लेडिभरीलाई प्राथमिकता दिँदै आफ्नै स्रोतबाट बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ ।

≪ Previous Post

पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना

Next Post ≫

डेढ वर्षमा बुटवल कार्यालयवाट करिव ५३ हजार स्मार्ट लाईसेन जारी,१२ हजार बढी थप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क