Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दुर्गा माध्यमिकमा प्राविधिक शिक्षाका लागि महायज्ञ गरिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्गा माध्यमिकमा प्राविधिक शिक्षाका लागि महायज्ञ गरिने

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0
दुर्गा माध्यमिकमा प्राविधिक शिक्षाका लागि  महायज्ञ गरिने
80
SHARES
ShareTweet


बुटवल २५ पुस,
दुर्गा माध्यमिक विद्यालयले श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञ गर्ने भएको छ । विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले सो कुराको जानकारी गराएको हो । रुपन्देहीको तिलोत्तमा–१४ दुर्गानगरमा अवस्थित विद्यालयले समयको माग अनुसार जीवन उपयोगी, प्राविधिक र अंग्रेजी माध्यमबाट गुणस्तरिय शिक्षाका लागि माघ १ गतेबाट ९ गतेसम्म महायज्ञ गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंं श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञ मूल तयारी समितिका अध्यक्ष तारा प्रसाद छन्तेलले जानकारी दिनुभयो । अध्यक्ष छन्तेलका अनुसार विद्यालयमा समयसापेक्ष प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन गर्नका लागि महायज्ञ गर्न लागिएको हो । विद्यालयले आगामी शैक्षिक शत्रबाट अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले बताउनु भयो ।
महायज्ञलाई सफल बनाउनका लागि २ सय १ सदस्यीय मूल तयारी समिति तथा ४२ वटा उपसमिति गठन गरिएको महायज्ञ मूल तयारी समिति संरक्षक टिकाराम पाण्डेले जानकारी गराउनु भयो । यज्ञ सम्पन्न गर्नका लागि करिब पन्ध्र लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । यज्ञबाट न्युनतम पनि करिब पचास लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा दिग्दर्शक वाचनशिरोमणी पण्डित दीपक सापकोटा प्रमूख वाचकको रुपमा रहनुहुनेछ । महायज्ञका अवसरमा भण्डारा, दैनिक आरती, व्रतवन्ध, तुलादान, लाखबत्ति, ग्रहशान्तिका लागि दानदातव्यहरुलाई विद्यालयले आह्वान गरेको छ । आगामी माघ १ गतेबाट सुरु हुने यज्ञमा शोभा कलश यात्रा गरेर यज्ञको शुभारम्भ गरिने बताइएको छ । यज्ञ अवधीभर हरेक दिन विहान ७ बजेबाट ११ बजेसम्म नित्यपूजा, भागवत पाठ पारायण, वेद, शप्तसति, रुद्रि, जप गरिने छ भने १२ बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन गरिने आयोजकले जानकारी दिएको छ । माघ ९ गते विहान पुस्तकमा तिलार्पण, मूल घडाको अभिशेष र पूर्णाहुति गरेर यज्ञ समापन हुनेछ ।
यज्ञको जानकारी तथा तयारी छलफल कार्यक्रममा यज्ञ मूल तयारी समितिका संरक्षकहरु गणपति चन्द्रमणी पौडेल, श्यामलाल खरेल, महासचिव तथा विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर केसी, सचिव सुमित्रा घिमिरे, कोषाध्यक्ष निल प्रसाद पुन लगायतले बोल्दै यज्ञ तयारीका विषयमा जानकारी गराउनु भएको थियो । दुर्गा माध्यामिक विद्यालय वि.स. २०४५ सालमा स्थापना भएको हो । यस अघि विद्यालयले २ पटक महायज्ञ सञ्चालन गरेर विद्यालयको स्तर उन्नती गर्ने कार्य गरेको छ ।

≪ Previous Post

जिपी कोईराला फाउण्डेशनमा मनोनयन

Next Post ≫

श्रीस्वस्थानी व्रत प्रारम्भ,माघ स्नान शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क