नवलपरासी, २० पुस । आइतबार विहान कावासोतीमा मृत अवस्थामा भेटिएको गैडाको मृत्यु शंकास्पद भएको चितवन राष्ट्रिय निकञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेन नारायण रुपाखेतीले गैडाको मृत्यु शंकास्पद भएकोले एकजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा ६÷७ बर्षको भाले गैडा मृत अवस्थामा फेला परेको थियो ।
निकुञ्जका मुख्य वार्डेन रुपाखेतीले गैडा मर्नुको कारण एकिन भई नसकेपनि गतिविधि शंकास्पद भएको पाइएको बताउनुभयो । आइतबार निकुञ्जबाट आएको विज्ञहरु सहितको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
