Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0
कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा
90
SHARES
ShareTweet

सहकारी ऐन संशोधन जरुरी


बुटवल १९ पुस
राष्टिय सहकारी बैकका संचालक माधव लाल देवकोटाले सरकारले ल्याएको सहकारी ऐन सहकारीको पक्षमा नभएकाले यसको संशोधन जरुरी रहेको औल्याउनु भयो ।
उहाँले सहकारी ऐन २०७४ सहकारीको हित विपरित भएकाले ऐनको संशोधन गराउनु मुलुक भरका सहकारी कर्मीहरु मिलेर आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो ।
बुटवल–८ सुख्खानगरमा रहेको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभालाई शनिवार बुटवलमा सम्बोधन गर्दै देवकोटाले उक्त कुरा बताउनुभएको हो ।
मुलुक भर रहेका करिव ३५ हजार सहकारीलाई संरक्षण गर्ने गरि सरकारले निती बनाउनुको साटो सहकारीलाई समाप्त पार्ने गरि ऐन ल्याउनुले सरकारका लागि पनि उक्त ऐन प्रतिउत्पादक हुने चेतावनी उहाँले दिनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष तथा कल्याणकारी सहकारीका निर्वतमान अध्यक्ष डोल प्रसाद अर्यालले सहकारीलाई नियमन नगर्ने एउटा सहकारीले गरेको गल्तीलाई एउटै डालोमा हालेर समग्र सहकारीलाई हेर्ने परिपाटीको अन्त्य अपरिहार्य रहेको धारणा राख्नु भयो ।
उहाँले सहकारीहरुलाई संरक्षण र उनिहरुको लगानीको सुरक्षित गर्ने गरि ऐन ल्याउनुको साटो सहकारीलाई नै धराशायी पार्ने गरि ऐन आएकोले परिमार्जन जरुरी रहेको औल्याउनु भयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष लक्ष्मण अचार्य क्षेत्रीले संस्थाले छोटो समयमा नै उत्कृष्ठ सहकारीको रुपमा पहिचान बनाउन सफल भएको बताउनुभएको थियो । बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष क्षेत्रीले कुल १ हजार ३ सय ३२ जना शेयर सदस्य रहेको सहकारीको कुल शेयर पुँजी ३ करोड, ४७ लाख ४२ हजार २ सय रुपैयाँ रहेको समेत जानकारी दिनुभयो ।
सहकारी प्रावधान अनुसार सहकारीले मासिक रुपमा ५ सय, १ हजार, १५ सय र २ हजार रुपैयाँ बचत गर्ने गरी व्यवस्था लागू गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीका बुटवल उपमानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठले सहकारी मार्फत सामुहिक भावना र एकता विकास भएको बताउनुभएको थियो ।
साधारण सभामा सहकारीका सल्लाहकार युवराज गिरीले र शेयर सदस्य हरि प्रसाद रेग्मीले बोल्दै सहकारीले मानिसहरुमा व्यवसायीक एकता माथि उठाउनमा विशेष भुमीका खेलेको बताउनुभएको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंक कुमार खड्काले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन संयोजक बालु राम गिरी ,शिक्षा समितिको प्रतिवेदन यज्ञ प्रसाद पंगेनीले राख्नुभएको थियो । खेलकुदका खेलाडी ,एसईइ उत्कृठ, एमविएस तथा , नर्सिगं पासगरेका विद्यार्थीलाई , जेष्ठ नागरिक र उत्कृष्ठ व्यवसायीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कार्यक्रममा उपाध्यक्ष दोल राज पाण्डेको स्वागत र सचिव कृष्ण प्रसाद ज्ञवालीको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग पर्यटनलाई जोडन सुझाव

Next Post ≫

शनिबार ७० हजार बढी दर्शकले गरे मेला अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क