Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रणनीतिक कार्ययोजना बनाउन रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रणनीतिक कार्ययोजना बनाउन रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0
रणनीतिक कार्ययोजना बनाउन रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै
90
SHARES
ShareTweet


बुटवल, १८ पुस ।
रुपन्देही व्यापार संघको कार्य समितिको टोली संघको आगामी रणनीतिक कार्ययोजना बनाउनको लागि पर्यटकिय क्षेत्र लम्जुङको घलेगाउँ जाने भएको छ । भोली पुष १९ गते बुटवलबाट घलेगाउँ जाने टोलीमा संघका पूर्व अध्यक्षहरु, सल्लाहाकार, पदाधिकारी, कार्यसमिति सदस्यहरु, शाखाका अध्यक्षहरुसहित करिव ५० जना व्यवसायीहरुको सहभागिता रहने छ ।
संघले यस अघिका गोष्ठिले बनाएको कार्ययोजनामा के कति काम हुन सक्यो वा हुन सकेन त्यसको आन्तरिक रुपमा छलफल गरिने संघका अध्यक्ष यमलाल लोहनीले बताउनु भयो । गोष्ठिबाट आगामी वर्षमा गरिने आर्थिक विकासका लागि विभिन्न योजना तर्जुमा तथा कार्ययोजनामा जिम्मेवारी बाडफाँड पनि गरिने उहाले बताउनु भयो ।
संघको बार्षिक कार्ययोजना तयार गर्ने उद्देश्यले संघको नवनिर्वाचित कार्य समिति तथा सल्लाहाकारहरुको संयुक्त टोली तीन दिने कार्ययोजना कार्यशाला गोष्ठिमा सहभागी हुने संघका महासचिव दया भण्डारीले बताउनु् भयो ।
संघले हालसम्म गरेको गतिविधिहरुको समक्षिा गर्दै बर्तमान परिश्थितीमा संघले आफ्ना सदस्यहरुलाई दिने सेवा तथा संघले आगामी कार्यकालमा संस्थागत रुपमा गर्नु पर्ने कामको बारेमा कार्ययोजना सो गोष्ठिले तयार गर्ने महासचिव भण्डारीले जानकारी दिनु भयो ।
जसअन्तर्गत सदस्यहरुको व्यवसायीक क्षमता विकासका लागि कस्ता किसिमका व्यावसायिक तालिम सञ्चालन गर्ने, स्थानिय तथा प्रदेश सरकारसहति राष्ट्रिय तथा स्थानीयस्तरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंगको सहकार्यमा यस क्षेत्रको आर्थिक समृद्धिका कस्ता काम गर्नेलगायतका योजना बनाइने महासचिव भण्डारीले जानकारी दिनु भयो ।
कार्यशालामा संघले आगामी कार्यकालमा संघको आर्थिक विकास, संस्थागत विकास, सामाजिक क्षेत्रमा संघको योजना, व्यावसायिक हकहित र विकासमा निभाउनु पर्ने भूमिकाका विषयमा छलफल गरिने कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनु भयो ।
यस्तै सामाजिक क्षेत्रमा संस्थाको सहभागितालाई प्रभावकारी बनाउन जनसरोकारका क्षेत्र शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहकार्य अगाडि बढाउने संघको कार्ययोजनामा समेटिएको बताइएको छ । संघको संस्थागत विकासका लागि सचिवालयलाई सुविधा सम्पन्न बनाउने, अधिकतम व्यवसायीलाई संघमा समेट्नेलगायतका विषय कार्ययोजनामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा समुहगत छलफल हुने जनाइएको छ ।

≪ Previous Post

वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित, शनिबारदेखि मियमित सञ्चालन गरिने

Next Post ≫

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग पर्यटनलाई जोडन सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क