Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा उच्च सरकारी वकिल कार्यालय भवनको शिलान्यास
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा उच्च सरकारी वकिल कार्यालय भवनको शिलान्यास

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0
बुटवलमा उच्च सरकारी वकिल कार्यालय भवनको शिलान्यास
70
SHARES
ShareTweet

छाउपडी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारवाही : महान्यायाधिवक्ता खरेल



बुटवल १५ पुस
महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले मानव कलंकका रुपमा रहेको छाउपढी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारवाही गरिने बताउनु भयो ।
मुलुकका केही जिल्लामा अझै पनि छाउपढीका घटना रहेका छन भन्दै कानुनले अपराध मानेको विषलाई कडाईका साथ व्यवहारमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई महान्यायाधिवक्ता खेरले निर्देशन दिनु भयो ।
उच्च सरकारी वकिल कार्यालय बुटवलको कार्यालय भवनको मंगलवार शिलान्यास गदै महान्यायाधिवक्ता खरेलले महिलाहरुलाई सवै भन्दा सुरक्षित स्थानमा राख्ने समयमा गाई भैसी गोठमा सुताउने विषय लज्जाश्पद भएकाले यसलाई अपराध मानिएको र कानुनमा समेत व्यवस्था गरिएको बताउनु भयो ।
उहाँले छाउपढी जानु पनि अपराध हो पठाउनु नि अपराध भएकाले जाने र पठाउने दुवैलाई कडा कारवाही गर्ने गरि कानुन निर्माण भएको बताउनु भयो । उहाँले सरकारी कर्मचारी भए त्यसलाई थप बढी कारवाही गरिने समेत बताउनु भयो । छाउपढी अन्धविश्वास र कुरुती हो भन्दै उहाँले कानुनले त्यसलाई छुट दिएको छैन कडाईका साथ पालना गर्न निर्देशन दिएको छु भन्दै यसलाई चेतावनीका रुपमा लिन पनि आह्वान गर्नु भयो । उहाँले मुल कानुनमा बाझिने गरि संंघ, प्रदेश र स्थानिय तहले कानुन वनाउन नमिल्ने समेत बताउनु भयो ।
संम्बिधानले ल्याएको परिवर्तनको अनुभुति १०, १५ वर्ष पछि मात्र एैनामा झै स्पष्ट देखिने भन्दै उहाँले रगत वगाएर ल्याएको संम्बिधानलाई कार्यान्वयन गर्न सवै एक भएर लागनु पर्नेमा जोड दिनु भयो । संम्बिधानमा कमजोरी रहेका छन भने संशोधन गर्न पनि सकिने धारणा राख्नु भयो । कानुन कार्यान्वयन गर्ने निकायलाई लक्षित गदै उहाँले सानालाई ऐन ठुलालाई चयन भन्ने भनाईलाई समाप्तपारि सवैलाई चैन हुने गरि काम गर्न आह्वान गर्नु भयो । उच्च सरकारी वकिल कार्यालय बुटवलको कार्यालय भवन ७ तलाको हुने र ५ करोड ५९ लाखमा निर्माणका लागि रोयल कन्सटक्सन धनगढीले ठेका पाएको छ । दुईवर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको उच्च सरकारी वकिल कार्यालय बुटवलका निमित कार्यालय प्रमुख मोहन सागर वस्यालले बताउनु भयो । नायव न्यायाधिवक्त पदम प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ईजिनियर धु्व पौडेल, उच्च अदालत वारका अध्यक्ष जोग बहादुर खत्री विष्णुहरि मरासिनी लगायतले वोल्नु भएको थियो ।

≪ Previous Post

मायादेवी गाउँपालिका : खोप अघि बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य

Next Post ≫

प्रदेश पाँचको प्रदेश सभाअधिवेशन माघ ५ देखि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क