Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मन्त्रीले गाली गलौज गरेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मन्त्रीले गाली गलौज गरेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापन

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0
मन्त्रीले गाली गलौज गरेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापन
70
SHARES
ShareTweet


बुटवल, ११ पुस । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले एक पुर्व जनप्रतिनिधिलाई अपशब्द प्रयोग गरी गालिगलौज गरेको भन्दै नेपाली काँग्रेसले मुख्यमन्त्री शँकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रिय सभापति मातृका यादवको नेतृत्वमा प्रदेशसभा सदस्यहरु रमा अर्याल र पुष्पा थरुनी तथा नेता थानेश्वर घिमिरेसमेतको टोलीले शुक्रबार दिउसो मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।
निर्माणाधीन बेलबास–बेथरी सडक अबलोकनका क्रममा यहि पुस ८ गते सियारी गाउँपालिका वडा नं ७ अमुवा पुग्नुभएका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सोही ठाउँ बस्ने रामकेवल गुप्तालाई अपशब्द प्रयोग गर्दै ‘तिमी इन्डियनहरु यहाँ आएर सार्वजनिक जग्गा कब्जा गरी दादागिरी गर्ने, अब देखि यो घरमा नबस्नु, यहाँको पालिकाले घर खाली नगराए म आफै उभिएर भत्काउन लगाई खाली गराउंछु ।’ भन्नुभएको थियो ।
मन्त्री जस्तो गरिमामय पदमा बसेका ब्यक्तिले यस्ता अशोभनिय र धम्कीपूर्ण शब्द प्रयोग गरेको भन्दै नेपाली काँग्रेसले बुझाएको ज्ञापन पत्रमा त्यस्ता शब्दको प्रयोगले साम्प्रयायिक सद्भावमा खलल पुग्ने भएकाले यस्ता शब्द र ब्यवहार प्रयोग नगर्न र जीउधनको रक्षा गर्न गराउन माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले घटनाको बिषयमा आफुले सम्बन्धित मन्त्रीसँग जानकारी लिइसकेको जानकारी गराउदै केहि मिस अन्डरस्ट्याण्डिङ्गका कारण घटना घटेको भन्दै स्थानीय तहसँगको समन्वयमा समस्याको समाधान निकाल्नु उपयुक्त हुने प्रतिक्रिया दिनुभयो । उहांले मुआब्जा दिएर सडक बिस्तार गर्ने हैसियत प्रदेश सरकारको नभएको भन्दै स्थानीय पालिकाले जग्गाको व्यवस्थापन गरिदिए प्रदेश सरकारले घर बनाईदिन सक्ने समेत बताउनुभयो ।

सो सडक खण्ड अन्तर्गत अमुवा बजारमा रहेको यादवको घर नभत्काएको भन्दै मन्त्री चौधरीले यादवलाई गालिगलौज गरेको पीडित पक्षको आरोप छ ।
सडक आयोजना तथा मन्त्रालय कसैले पनि यस अघि घर भत्काउनु भनि सूचना समेत नदिएको अबस्थामा मन्त्रीले एक्कासी अपशब्द प्रयोग गरी गाली गलौजमा उत्रिनु पदीय दुरुपयोग भएको ज्ञापन पत्रमा जनाइएको छ ।

≪ Previous Post

ट्याङ्करको ठक्करबाट रुपन्देहीमा युवतीको ज्यान गयो

Next Post ≫

संविधानमा नेपालको नक्शा खोई ? :सिपी गजुरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क