Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही व्यापार संघमा सल्लाहाकार र सदस्य मनोनयन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही व्यापार संघमा सल्लाहाकार र सदस्य मनोनयन

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
रुपन्देही व्यापार संघमा सल्लाहाकार र सदस्य मनोनयन
70
SHARES
ShareTweet


बुटवल, १० पुस । रुपन्देही व्यापार संघको विहीवार बसेको कार्य समितिको बैठकले सल्लाहाकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन गरेको छ ।
संघको कार्तिक २८ गते सम्पन्न १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिको दोस्रो बैठकले सल्लाहाकार, मानार्थ सदस्य र सदस्य मनोनयन गरेको हो ।
संघको बैठकले संघको कार्यसमिति सदस्यहरुमा प्रेमनाथ पाण्डे, कृष्णप्रसाद अर्याल, केशव खनाल, मिलन सुनार र राजेन्द्र ढकाललाई मनोनयन गरेको छ भने मानार्थ सदस्यमा बैकुण्ठ कोइरालालाई मनोनयन गरेको छ ।
यसैगरि बैठकले सल्लाहाकारमा जोगलाल विक, खेमराज पुन, ऋषि बहादुर भण्डारी, डा. रोहितराज क्षेत्री, माधव नेपाल, तुल्सीराम बञ्जाडे, सूर्यबहादुर भट्टराई, कृष्ण प्रसाद पाण्डे, आनन्द प्रसाद रेग्मी, बालाराम भट्टराई, सुरज पाण्डे, रणबहादुर खनाल र समुन्द्र जिसीलाई मनोनयन गरेको छ ।
यस्तै बैठकले संघको आर्थिक सल्लाहाकारमा लुम्बिनी बाणिज्य क्याम्पसमा प्रमुख डा. ताराप्रसाद उपाध्याय, प्राविधिक सल्लाहाकारमा बुटवल उपमहानगरपालिकाका इन्जिनियर ज्ञानप्रसाद अर्याल, प्रेस सल्लाहाकारमा सुमन अधिकारी र कानुनी सल्लाहाकारमा कमल बस्याललाई मनोनयन गरेको महासचिव दयानिधि भण्डारीले जानकारी दिनुभयो ।
बैठकले बुटवलस्थित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था(मुटु अस्पताल)को संस्थागत सदस्यता लिने तथा संघको आगामी कार्यकालको रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठि यहि पुष १९, २० र २१ गते पर्यटकिय क्षेत्र लम्जुंग जिल्लाको घले गाउँमा गर्ने समेत तय गरेको छ ।
संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको बैठकमा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो भने निवर्तमान अध्यक्ष पदमप्रसाद श्रेष्ठले संस्थागत विकासका सन्धर्भमा धारणा राख्नुभएको थियो ।

≪ Previous Post

बुटवलमा सञ्चालित ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दो

Next Post ≫

ट्याङ्करको ठक्करबाट रुपन्देहीमा युवतीको ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क