Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा सञ्चालित ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सञ्चालित ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दो

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
बुटवलमा सञ्चालित ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दो
70
SHARES
ShareTweet

लोक तथा आधुनिक गायकको प्रस्तुती संगै ईन्द्रेणीको लोक दोहोरी



बुटवल, १० पुस । बुटवल उद्योग बाणिज्य संघले बुटवल उपमहानगरपालिका वडा नं.– ११ देबीनगरमा सञ्चालन गरेको गरेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा दर्शकको आकर्षण बढेको छ । मेला सञ्चालन भएको दोस्रो दिन बिहिबार मेलामा दर्शकको उत्साहजनक सहभागिता रह्यो ।
मेलाको दोस्रो दिन मौसम अत्यन्तै चिसो र सूर्य ग्रहण लागेको भएपनि १० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा राखिएका विभिन्न प्रकृतिका स्टल, सेल्फी जोनका साथै सांस्कृतिक कार्यक्रमले समेत धेरै दर्शकलाई आकर्षण गरेको छ । चिसो मौसमका वावजुद लोक तथा आधुनिक गायकहरुको प्रस्तुतीले दर्शकलाई विहानै देखि मेलामा आकर्षित गरेको थियो ।
मेलाको दोस्रो दिन एविसी टेलिभिजनको नियमित सांस्कृतिक कार्यक्रम ईन्द्रेणी समाजको दोहोरी कार्यक्रमको प्रस्तुतिले धेरै दर्शकलाई आकर्षित गरेको थियो । ईन्द्रेणी समाजका कलाकारको दोहोरी प्रस्तुतीसंगै दर्शकहरु समेत गित र र नृत्यमा रमाएका थिए । ईन्द्रेणीका सञ्चालक कृष्ण कंडेल सहितका कलाकारहरुले मेलामा पुस १३ गते सम्म दोहोरी कार्यक्रम प्रस्तुत गर्ने मेला सचिवालयले जनाएको छ ।
मेलामा ईन्द्रेणी समाजको दोहोरी प्रस्तुति संगै लोक गायक गायिकाहरु मञ्जु पौडेल, चोलेन्द्र पौडेल, सिता राना, दिपक दर्लामी, आधुनिक गायक तेजु अर्याल लगायतको समेत प्रस्तुती रहेको थियो । त्यस्तै मेलामा वेलभरिया थारु संस्कृति समाज रुपन्देहीको सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको लोक सांस्कृतिक उपसमितिका संयोजक टंक प्रसाद गैरेले जानकारी दिनुभयो ।
त्यस्तैगरी मेलाको तेस्रो दिन शुक्रबार लोक तथा दोहोरी गायकहरु सम्झना लामिछाने, राजन कार्की, बिधान कार्की, पुनम सुनार लगायतका कलाकारको प्रस्तुती रहने छ । यसका अलावा स्थानीय न्यू सत्यसाई कला केन्द्र, ईन्द्रेणी समाजको दोहोरी गित कार्यक्रमको प्रस्तुति सहित भ्वाईस अफ बुटवलको कार्यक्रम समेत संचालन हुने सांस्कृतिक उपसमितिले जनाएको छ ।

≪ Previous Post

कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

Next Post ≫

रुपन्देही व्यापार संघमा सल्लाहाकार र सदस्य मनोनयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क