सैनामैना ,१० पुष
रुपन्देहीको सैनामैना ३ मुर्गिया बस्ने मृगौंला पिडित सम्झना बिष्टको उपचारको लागि सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । २१ वर्षिया सम्झनाको उपचारको लागि सहयोग जुटाउनको लागि परिवारले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । उनको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचारमा आर्थिक समस्या परेपछि परिवारले सहयोगको लागि सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । सांस्कृतिक कार्यक्रमबाट जुटेको सहयोगले उनको उपचारमा मद्धत मिल्ने सम्झनाका बुबा यम बहादुर विष्टले बताएका छन ।
बिहिबार सैनामैनामा पत्रकारसँगको भेटभाटमा उनले कलिलो उमेरमा सम्झनाको दुबै मृगौंलाले काम गर्न छाडेपछि छिट्टै मृगौंलाको प्रत्यारोपण गर्नु पर्ने डाक्टरले सल्लाहा दिएको बताए । सुनगाभा माविमा कक्षा १ देखि १० सम्म र कक्षा १२ सम्म पर्राेहा माविमा पढेकी उनि पढ्नको लागि जापान गएकी थिईन ।
जापानमा रहदा उनको मृर्गौलाले काम गर्न छाडेपछि नेपालमा आएकी थिईन । उनको मृर्गौला प्रत्यारोपणको लागि परिवारका सदस्यमा छलफल भएको र यसको लागि आर्थिक समस्या परेको बिष्टले बताए । सम्झनाको उपचारमा थप सहयोग जुटाउनको लागि सांस्कृति कार्यक्रमको आयोजना गरेको पिडित की मामा राज कुमार रायमाझिले जानकारी दिए ।
सबैको सहयोगले नै भान्जीको उपचारमा सम्भब हुने उनले बताउँदै सहयोगी मनहरुको लागि भान्जीको जीवनरक्षा गर्न सबैसँग अपिल गरेका छन । सांस्कृतिक कार्यक्रम यहि पौषको १२ गतेदेखि १६ गतेसम्म सैनामैनाका विभिन्न स्थानमा सञ्चालन गरिने कार्यक्रमका संयोजक नारायण नारायण भुषाले जानकारी दिए । शनिबार दिउसोको ३ बजे मुर्गिया चोकमा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको उपस्थितीमा कार्यक्रमको सुरुवात गरिने उनले बताए । सबैको सहयोगको लागि उनले अपिल समेत गरे । सांस्कृति कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुत रहने छ । सम्झनाको उपचारमा सहयोग गर्ने सहयोग मनको लागि उनका बुबाको मोबाईल नम्बर ९८४७१५०३५६ मा सम्र्पक गर्न सकिने छ ।