Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सम्झनाको उपचारको लागि सैनामैनामा सांस्कृति कार्यक्रम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सम्झनाको उपचारको लागि सैनामैनामा सांस्कृति कार्यक्रम

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
60
SHARES
ShareTweet

सैनामैना ,१० पुष

रुपन्देहीको सैनामैना ३ मुर्गिया बस्ने मृगौंला पिडित सम्झना बिष्टको उपचारको लागि सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । २१ वर्षिया सम्झनाको उपचारको लागि सहयोग जुटाउनको लागि परिवारले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । उनको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचारमा आर्थिक समस्या परेपछि परिवारले सहयोगको लागि सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । सांस्कृतिक कार्यक्रमबाट जुटेको सहयोगले उनको उपचारमा मद्धत मिल्ने सम्झनाका बुबा यम बहादुर विष्टले बताएका छन ।

बिहिबार सैनामैनामा पत्रकारसँगको भेटभाटमा उनले कलिलो उमेरमा सम्झनाको दुबै मृगौंलाले काम गर्न छाडेपछि छिट्टै मृगौंलाको प्रत्यारोपण गर्नु पर्ने डाक्टरले सल्लाहा दिएको बताए । सुनगाभा माविमा कक्षा १ देखि १० सम्म र कक्षा १२ सम्म पर्राेहा माविमा पढेकी उनि पढ्नको लागि जापान गएकी थिईन ।

जापानमा रहदा उनको मृर्गौलाले काम गर्न छाडेपछि नेपालमा आएकी थिईन । उनको मृर्गौला प्रत्यारोपणको लागि परिवारका सदस्यमा छलफल भएको र यसको लागि आर्थिक समस्या परेको बिष्टले बताए । सम्झनाको उपचारमा थप सहयोग जुटाउनको लागि सांस्कृति कार्यक्रमको आयोजना गरेको पिडित की मामा राज कुमार रायमाझिले जानकारी दिए ।

सबैको सहयोगले नै भान्जीको उपचारमा सम्भब हुने उनले बताउँदै सहयोगी मनहरुको लागि भान्जीको जीवनरक्षा गर्न सबैसँग अपिल गरेका छन । सांस्कृतिक कार्यक्रम यहि पौषको १२ गतेदेखि १६ गतेसम्म सैनामैनाका विभिन्न स्थानमा सञ्चालन गरिने कार्यक्रमका संयोजक नारायण नारायण भुषाले जानकारी दिए । शनिबार दिउसोको ३ बजे मुर्गिया चोकमा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको उपस्थितीमा कार्यक्रमको सुरुवात गरिने उनले बताए । सबैको सहयोगको लागि उनले अपिल समेत गरे । सांस्कृति कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुत रहने छ । सम्झनाको उपचारमा सहयोग गर्ने सहयोग मनको लागि उनका बुबाको मोबाईल नम्बर ९८४७१५०३५६ मा सम्र्पक गर्न सकिने छ ।

≪ Previous Post

रुपन्देही व्यापार संघमा विभिन्न पदमा मनोनयन

Next Post ≫

कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क