Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चालक नरपानी बस दुर्घटनाको कारक: छानविन समिति
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

चालक नरपानी बस दुर्घटनाको कारक: छानविन समिति

संसारपोस्ट संवाददाता · ९ पुष २०७६ · 0
चालक नरपानी बस दुर्घटनाको कारक: छानविन समिति
70
SHARES
ShareTweet

बुटवल ९ पुस
अर्घाखाँची जिल्लाकोे नरपानीमा भएको बस दुर्घटनाको मुख्य कारण चालकको लाप्रवाही भएको छानविन समितिले निस्कर्ष निकालेको छ । चालकले बोनटमा बसेकी महिलासँग कुराकानी गर्दै वस चलाएका र दुई घण्टा जति बाटोमा बस रोकेका कारण बुटवल पुग्न हतारो गर्दै गाडी तीव्र गतिमा गुडाइएको प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटनापश्चात अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा गठित छानविन समितिले चालकको गैरजिम्मेवारी पना र तिव्र गतिका कारण दुर्घटना भएको ठहर गरेको छ ।
गत मंसिर ११ गते भएको बस दुर्घटनामा परि १८ जनाको ज्यान गएको थियो ।
छानविन समितिले दुर्घटना स्थलको अवलोकन र अन्य सम्बन्धित पक्षसँगको अध्ययन गरि नरपानीको मोडमा तीव्र गतिको कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको छानविन समितिकासंयोजक बेल्बासेले बताउनु भयो ।
प्रतिवेदनमा दुर्घटना भएको भोली पल्टको बुटवल वाट बस चलाउने नम्बर लिन बुटवल छिटो पुग्नुपर्ने भन्दै चालकले हतार गरेकोे प्रतिवेदनमा उल्लेख छ । सडकको जियोमेट्रिक्स मिलेको देखिएकोले दुर्घटना सडकका कारण नभएको प्रतिवेदनमा छ ।
गाडीको टाइरड, टायर र पट्टाको भाग दुरुस्त रहेको हुँदा यान्त्रिक गडबडीका कारण नभइ चालककै लापरबाहीका कारण दुर्घटना हुन पुगेको प्रतिवेदनले निष्र्कष निकालेको छ ।
गठित छानविन समितिले बस दुर्घटनाका घाइते, प्रत्यक्षदशी स्थानीय ,स्थानीय जनप्रतिनिधि, प्रहरी, यातायात व्यवसायी ,सरोकारवाला निकाय लगायतसँग दुर्घटनाबारे सोधपुछ तयार गरेको हो ।
सन्धिखर्कबाट बुटबल आउंँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी नजिकै सल्लेरी रातामाटामा दुर्घटना भएको थियो ।
समितिले अर्धाखाँची जिल्लामा नो ओभरस्पीड, नो ओभरटेक, नो ओभरलोड नो ड्रिङक एण्ड ड्राइभ सिद्धान्त कडाइका साथ पालना गर्न सुझाव दिएको छ ।
सडकको भौतिक अवस्थामा तत्काल सुधार, साँघुरो सडकको छेउमा बार तथा पर्खाल लगाउन, दुर्घटनाग्रस्त सडक खण्डमा ट्राफिक संकेतहरु राख्न, सडकको दुबै साइडमा कार्टस् आइ बत्तीहरु राख्न, सडकसँग सरोकार राख्ने सबै निकायहरुले दुर्घटना न्यूनिकरणको लागि आवश्यक पहल गर्न समितिले सुझाव दिएको छ ।
त्यसैगरि प्रत्येक जिल्लाको सदरमुकाममा कम्तिमा एकवटा गाडीको मेकानिकल चेकजाँच गर्ने कार्यालय स्थापना गर्नु पर्ने,लामो रुटमा जानु पूर्व अनिवार्य रुपमा सो कार्यालयवाट सवारीको मेकानिकल जाँच गराउनु पर्ने , एक पटक दुर्घटना गराएको चालकलाई दुर्घटनाको प्रकृति अनुसार निश्चित समयसम्म सवारी चलाउन कानूनी रुपमै प्रतिबन्ध लगाउन समितिले सुझाव दिएको छ ।

≪ Previous Post

अदालतका दुई कर्मचारी घुस सहित अख्तियारको नियन्त्रणमा

Next Post ≫

होटल व्यवसायी महासंघमा निर्वाचितलाई रुपन्देहीमा सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क