Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0
बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा
80
SHARES
ShareTweet

रक्षामन्त्री पोखरलबाट उद्घाटन, ५ लाख दर्शकले मेला अवलोकन गर्ने



बुटवल, ६ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल – ११ देवीनगरमा आयोजना गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ ।
मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघले आईतबार मेला सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । मेलाको बुधबार सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघ संरक्षक, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय ५ नं. प्रदेश र बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ यही पुस ९ गते बुधबारदेखि बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा सञ्चालन हुँदैछ ।
मुलुकको अर्थतन्त्र सुधारकालागि औद्योगिक बिकास, रोजगारी प्रवद्र्धन तथा उद्यमशिलता बिकास गर्ने, त्यसकालागि कृषिमा आधुनिकिकरण, प्रविधिको प्रयोग र व्यबसायिक बिकास तथा पर्यटन पवद्र्धन गर्ने उद्देश्य सहित २० औं संस्करणको औद्योगिक व्यापार मेला गर्न लागिएको मेला कार्य सम्पादन समितिका संोजक तथा आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ पुस २३ गतेसम्म सञ्चालन गरिने मेलामा तराईदेखि हिमालसम्मका कृषि, गार्मेन्ट, होटल, इलेक्ट्रोनिक्स, प्रविधि, हस्तकला, अटो, महिला उद्यमी, पर्यटन लगायतका ५ सय स्टल सहभागि हुनेछन् । १५ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गर्ने र मेलाभित्र १५ करोडको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष हमालले जानकारी गराउनु भयो ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक व्यापार मेला गरेको बुटवल उद्योग बाणिज्य संघले ६६ वर्षको लामो संस्थागत यात्रामा १९ वटा मेला सम्पन्न गरिसकेको छ । विगतमा गरेका मेलाबाट सिकेका कुराहरुलाई परिस्कृत गरेर यो पटक २० औं संस्करणको मेला सञ्चालनको तयारी गरिएको हो ।
उद्यमशिल विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सृजना गर्न अझ परिस्कृत रुपमा मेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा यस क्षेत्रको पर्यटन सम्बन्धि गतिबिधि प्रवद्र्धन गर्ने अवसरको रुपमा समेत मेलालाई लिइएकोछ ।
मेलालाई आकर्षक बनाउनकालागि मेला सचिवालय अगाडी यस क्षेत्रका पर्यटकीय स्थलहरु समेटिएको सेल्फी जोन निर्माण गरिएको छ भने पानीबाट चल्ने गाडी, हुन्डाई गाडीको सिमुलेसन सहितको प्रबिधि मेलामा राखिने छ ।
त्यस्तै यस क्षेत्रको ऐतिहासिक जीतजढी किल्ला आकृतिमा प्रवेशद्वार र संघको सचिवालय आकृतिमा मेला सचिवालय निर्माण गरिएको छ । त्यसैगरी मेलामा नेपाली कला, सस्कृति, भेषभुषा संरक्षणका लागि विभिन्न सांस्कृतिक प्रतियोगिताहरु एवं झाँकीं प्रदर्शन गरिने छ । मेलाको आकर्षणको रुपमा सुरुको पाँच दिनसम्म ईन्दे्रणी समाजको दोहोरी कार्यक्रम सञ्चालन हुनेछ भने यस क्षेत्रमै पहिलो पटक रत्यौली प्रतियोगिता समेत सञ्चालन गरिने संघले जनाएको छ ।
इस्तै मेलामा बिक्री भएको प्रत्येक टिकटबाट सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदकालागि ३ रुपैंया छुट्याईएको छ । मेलामा प्रवेशकालागि टिकटमा ६० रुपैंया शुल्क निर्धारण गरिएको छ भने बिद्यार्थीकालागि ५० प्रतिशत छुट तथा जेष्ठ नागरिककालागि परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यबस्था मिलाईएको संघका महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

≪ Previous Post

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

Next Post ≫

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क