Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७६ · 0
मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता
70
SHARES
ShareTweet


‘औद्योगिक व्यापार मेला वडाको प्रतिष्ठा र गौरवको विषय’


बुटवल, २९ मंसिर । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग वाणिज्य संघले आयोजनागर्न लागेको औद्योगिक ब्यापार मेला सो वडाका लागि गौरवको विषय भएको वडावासीले बताएका छन् ।
उनीहरुले मेला लाई सफल बनाउने दायित्व वडावासीको पनि भएकाले आयोजक संस्थाले दिने जिम्मेवारीलाई आत्मसाथ गरी मेला सफल वनाउन लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
बुटवल उद्योग बाणिज्य संघले आगामी पुस ९ गतेदेखि बुटवल ११ देवीनगर स्थित एन्फा एकेडेमीको उत्तरतर्फको खाली जग्गामा २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ सञ्चालन गर्दै छ ।
मेला सञ्चालनका सन्दर्भमा मेला आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघले आईतबार मेला स्थलमा आयोजना गरेको बैठकमा सो वडामा क्रियाशिल विभिन्न टोल बिकास संस्थाका अध्यक्ष, क्लव तथा आमा समूहका अध्यक्ष तथा पदाधिकारीहरुले आफ्नो टोल छिमेकमा हुन लागेको मेला वडाकै लागि गौरवको विषय भएकाले मेलालाई सफल पार्न हरतरहले लाग्ने बताएका छन् ।
बैठकमा स्वागत मन्तब्य राख्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले २००९ सालमा स्थापना भएको संघले उद्योगी व्यबसायीको हकहितसंगै बुटवलको सामाजिक बिकासमा खेलको भूमिकाको चर्चा गर्नुभएको थियो । उहाँले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रको बिकासकालागि लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बुहुमुखी क्याम्पसमा बिज्ञान संकाय सञ्चालनकालागि भवन निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति सेवाकालागि भवन निर्माण तथा बाल तथा महिला अस्पताल (आम्दा) को स्थापनामा बुटवल उद्योग बाणिज्य संघको महत्वपूर्ण भूमिका र लगानी रहेको उल्लेख गर्नुभयो ।
यस क्षेत्रमा आयोजना तथा संचालन हुने औद्योगिक ब्यापार मेलाले बुटवल वडा नम्वर ११ मा पिछडिएको क्षेत्रको रुपमा पहिचान बनाएको देवीनगरको बिकासमा समेत योगदान पुर्याउने भएकाले मेलाको सफलता वडाको बिकाससंग समेत गासिएको संघका महासचिव तथा मेला प्रवद्र्धन एवं सचिवालय उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो । उहाँले मेलालाई सफल बनाउनकालागि टोल बिकास समितिका माध्यमबाट आम वडाबासीमा आह्वान पनि गर्नुभयो ।
मेला स्थलसंग बुटवल उपमहानगरपालिका वडा नं. ११ का तल्लो देवीनगर टोल बिकास संस्था, भवानी टोल बिकास संस्था, रंगशाला टोल बिकास संस्था, सिद्धबाबा टोल बिकास संस्था, प्रगतिनगर टोलबिकास संस्था, पश्चिम सिद्धनगर टोल बिकास संस्था र पूर्व सिद्धनगर टोल बिकास संस्था प्रत्यक्ष जोडिएका जोडिएका छन् । यस कारण पनि मेलालाई सफल बनाउन सबै टोल बिकास संस्थाको उल्लेखनीय सहभागिता र महत्वपुर्ण भूमिका अपरिहार्य रहेको संघका सदस्य तथा खानेपानी तथा सरसफाई व्यबस्थापन उपसमितिका संयोजक सुरज भट्टराईले बताउनु भयो ।
बैठकमा तल्लो देवीनगर टोल बिकास समितिका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, युवा सञ्जालका अध्यक्ष कैलाश बहादुर खड्गी, मनकामना आमा समूहकी अध्यक्ष टिकिसरा बस्याल, जनजागरण महिला समूहकी अध्यक्ष मञ्जु खड्का, सिद्धबाबा टोल बिकास संस्थाका सविता खनाल, भवानी टोल बिकास संस्थाका कल्पना पाण्डे मगर, पश्चिम शिद्धनगर टोल बिकास संस्थाका उपाध्यक्ष मायाँ वेलवासे, तल्लो देवीनगर टोल आमा समूहकी अध्यक्ष शारदा घिमिरे, रंगशाला टोल बिकास संस्थाका अध्यक्ष धनप्रसाद श्रेष्ठ, भवानी टोल बिकास संस्थाका अध्यक्ष वेदप्रसाद पौडेल, पूर्व सिद्धनगर टोल बिकास संस्थाका अध्यक्ष ज्योतीप्रसाद अर्याल, प्रगतिनगरका टेकबहादुर गुरुङ लगायतले मेलाको सफलतासंग वडाको प्रतिष्ठा जोडिएकाले मेलालाई सफल बनाउन टोलबिकास संस्थाको महत्वपुर्ण भूमिका रहने कुरामा निश्चिन्त रहन आग्रह गर्नुभयो ।


टोल बिकास समितिका अध्यक्ष तथा पदाधिकारीहरु, आमा समूहका अध्यक्ष तथा पदाधिकारीहरु, क्लवका अध्यक्ष तथा पदाधिकारीहरुले मेलास्थलसम्म पुग्ने सडक सुधार, खानेपानी तथा सरसफाईमा आयोजकले बिशेष ध्यान दिनुपर्ने र त्यस कार्यमा आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

≪ Previous Post

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

Next Post ≫

बुटवलमा सूचना प्रविधि गोष्ठी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क