Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन प्रधानन्यायधीश जवराको आग्रह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन प्रधानन्यायधीश जवराको आग्रह

संसारपोस्ट संवाददाता · २४ मंसिर २०७६ · 0
न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन प्रधानन्यायधीश  जवराको आग्रह
100
SHARES
ShareTweet


न्यायधिश नियुक्ति प्रणालीमा सुधार खड्कियो : कानुनमन्त्री यादव

बुटवल २४ मंसिर
प्रधानन्यायधिश चोलन्द्र शम्सेर जवराले न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन आग्रह गर्नुभएको छ । नेपाल बार एशोसियशनको आयोजनामा मंगलबारदेखि बुटवलमा सुरु भएको मानवअधिकार सम्बन्धि राष्ट्रिय सम्मेलन तथा ४६ औं कार्यकारिणी परिषदको बैठक उद्घाटन गर्दै प्रधानन्यायधिश जवराले बारको सहकार्यबिना न्यायपालिका अंगाडी बढ्न नसक्ने पनि बताउनु भयो ।
यसअंगाडी बोल्ने कतिपय बक्ताहरुले प्रधानन्यायधिश जवराको मिलेमतोमा न्यायधिश नियुक्तिका लागि न्यायपरिषद सदस्यलाई राजिनामा गराएको आरोप लगाएका थिए ।
त्यसको खण्डन गर्दै न्याय परिषद अध्यक्ष समेत रहनु भएका प्रधानन्यायधिश जवराले न्याय परिषद सदस्य पदमप्रसाद बैदिकले आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा गरेको प्रष्ट्याउनु भयो ।
बैदिक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा सरकारको रिफारिसमा परिषद सदस्य हुनु भएको थियो ।
उहाँले नाम नलिईकनै भन्नुभयो–‘उहाँलाई न्यायधिश नियुक्तिकालागि राजिनामा गर्न लगाईएको होईन, आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा गर्नुभएको छ ।’
परिषद सदस्यबाट राजिनामा गर्दैमा नियुक्ति हुन्छ नै भन्ने पनि नभएको उहाँले बताउनु भयो । उहाँको नाममा पनि छलफल हुन सक्ने प्रधानन्यायधिश जवराले बताउनु भयो । त्यस्तैगरी उहाँले आदेश तथा फैसलाहरु बाहेसपूर्ण देखिए त्यस्ता न्यायधिशलाई छानविन गर्दा त्यसको बिरोधमा नउत्रीन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले न्यायधिश नियुक्ति प्रणालीलाई समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता खड्किएको बताउनु भएको छ । राजनीतिक कारणले न्यायालयको समेत साख गराउने काम भएकाले न्यायालयको गरिमा र साख जोगाउनकालागि पनि नियुक्ति प्रकृयामा सुधारको आवश्यकता देखिएको उहाँले बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै न्याय परिषदका सदस्य समेत रहनुभएका मन्त्री यादवले न्यायधिश नियुक्तिमा राजनीतिक रोगनका कारण जनमानसमा न्यायालयको गरिमा र साख गिराउने काम गरेको उल्लेख गर्नुभयो ।

≪ Previous Post

निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षण

Next Post ≫

सर्बोच्च अदालतमा न्यायधीश नियुक्तिमा व्यापक चलखेल : कानुन व्यबसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क