Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ एड्स दिवसमा तिलोत्तमामा सचेतनामुलक कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एड्स दिवसमा तिलोत्तमामा सचेतनामुलक कार्यक्रम

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
एड्स दिवसमा तिलोत्तमामा सचेतनामुलक कार्यक्रम
50
SHARES
ShareTweet

तिलोत्तमा, मंसिर १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार ३२ औं विश्व एड्स दिवस विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा एचआइभी÷एड्स, कारण, न्यूनीकरणका उपाय तथा उपचार पद्धतिको बारेमा जानकारी गराइएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।

दिवसकैं अवसरमा ४० जनाको एचआईभी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले एचआईभी संक्रमण न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धि भएको बताउँदै सचेतना अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले गत आर्थिक वर्षमा रुपन्देहीमा नयाँ एचआइभी संक्रमित १६३ जना फेला परेको जानकारी गराउँदै हाल जिल्लामा एक हजार तीन सय बढी संक्रमितले एआरटी सेवा लिँदै आएको बताउनुभयो ।

कार्यक्रममा उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मालगायत जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीलगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

मगर विद्यार्थी संघ प्रदेश ५ को अध्यक्षमा प्रदिप

Next Post ≫

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क