Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मगर महिला संघ रुपन्देहीमा नेतृत्व चयन ,बलात्कार घटनाको दोषीलाई कडा कारबाही माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मगर महिला संघ रुपन्देहीमा नेतृत्व चयन ,बलात्कार घटनाको दोषीलाई कडा कारबाही माग

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
मगर महिला संघ रुपन्देहीमा नेतृत्व चयन ,बलात्कार घटनाको दोषीलाई कडा कारबाही माग
120
SHARES
ShareTweet


बुटवल १५ मंसिर
नेपाल मगर महिला संघ जिल्ला समिति, रुपन्देहीको सातौं जिल्ला अधिवेशन १३ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना स्थित थारु होमस्टेमा सम्पन्न अधिवशेनबाट अध्यक्षमा पुनः चन्दा थापामगर निर्वाचित हुनुभएको छ । अध्यक्ष र कोषाध्यक्ष पदका लागि आकांक्षीहरु धेरै भएकाले सहमतीको प्रयास हुन नसकेपछि शनिबार राती ढिलोगरी सुरु भएको मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो । कुल खसेको २७ मतमध्ये नवनिर्वाचित अध्यक्ष थापाले २५ मत प्राप्त गर्नुभएको थियो भने अध्यक्ष पद्का अर्का उम्मेद्वार कुमारी पुनले एक मत प्राप्त गर्नुभएको थियो । एक मत बदर भएको निर्वाचन समितिका अध्यक्ष गीता सारुले जानकारी दिनुभयो ।
अधिवेशनबाट उपाध्यक्षमा निर्मला थापामगर, सचिवमा सरिता थापामगर र सह–सचिवमा खिमा थापामगर निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पद्का लागि पनि दुई जनाको उम्मेद्वारी परेपछि मतदानबाट नेतृत्व चयन गरिएको थियो । कोषाध्यक्षमा नन्दा बुढामगर २६ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा विष्णु थापामगर (सैनामैना), कुस्मा पुनमगर (सिद्धार्थनगर), सरस्वती हिस्की मगर (ओमसतिया), यानु पुनमगर (तिलोत्तमा), भविसरा रानामगर (बुटवल), संगिता वलाल मगर (कञ्चन), चोलीमाया झेंडिमगर (देवदह) र दीलमाया सिंजाली मगर निर्वाचित हुनुभएको छ ।
संघका जिल्ला अध्यक्ष चन्दा थापाको अध्यक्षतामा सम्पन्न अधिवशेनमा नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष विनिता आलेमगर, बरिष्ठ उपाध्यक्ष ममता बुढाथोकीमगर, उपाध्यक्ष हिरु रानामगर, नेपाल मगर संघका प्रदेश ५ उपाध्यक्ष धनी आलेमगर र सदस्य संञ्जीव थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देही अध्यक्ष शंकर गाहामगर, नेपाल मगर संघ सैनामैना नगर अध्यक्ष सुर्यविक्रम रानामगर लगायतले बोल्दै निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम कुमारी पुनको स्वागत तथा सचिव केशरी गाहाको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना लगायत ७ स्थानीय तहका मगर महिलाहरु सहभागी रहेका थिए ।
निर्वाचित पश्चात अध्यक्ष चन्दा थापाको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले हालै रुपन्देहीमा एक १६ वर्षीय किशोरीमाथी भएको बलात्कार घटनाको दोषीलाई पक्राउ गरि कडा कारबाही गर्नु पर्ने माग गरेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा पीडकलाई तुरुन्त पक्राउ गरी हदैसम्मको कारबाहीको माग गरिएको छ । १६ दिने महिला हिंसा अभियान चलिरहेको सन्दर्भ जोड्दै पीडित किशोरीको पक्षमा न्यायका लागि नेपाल मगर महिला संघ रुपन्देहीले आफ्नो तर्फबाट पैरवी गर्ने निर्णय समेत गरेको छ । दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिइए आन्दोलन तथा दवावका कार्यक्रम समेत सिर्जना गरिने बैठकले निर्णय गरेको छ ।

≪ Previous Post

औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

Next Post ≫

मगर विद्यार्थी संघ प्रदेश ५ को अध्यक्षमा प्रदिप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क