Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई
40
SHARES
ShareTweet


बुटवल, १५ मंसिर
पत्रकार नरेश केसी उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा प्रदान गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार केसी पुरस्कृत हुनु भएका हो । उहाँलाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा प्रदेशका उद्योगमन्त्री गिरीले पुरस्कार प्रदान गर्नु भएको हो ।
पुरस्कारको राशी नगद रु ३५ हजार ५ सय र कदरपत्र रहेको छ ।
केसी बिगत एक दशकदेखि भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनी लुम्बिनीखवर अर्धसाप्ताहिकको सम्पादक, नेपाल समय अनलाईनको प्रदेश पाँच प्रमुखको रुपमा कार्यरत छन् ।
पुरस्कार प्रदान गर्दै उद्योगमन्त्री गिरीले उद्योगधन्दाको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकोमा धन्यवाद दिंदै थप सक्रियताका साथ कलम चलाउन आग्रह गर्नु भयो ।
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघसँग उद्योग संघले गरेको सहकार्यले निरन्तरता पाएकोमा आभार व्यक्त गर्दै उद्योग क्षेत्रको प्रवद्र्धन र विकासमा महासंघ सधै सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । पुरस्कृत भएपछि बोल्दै पत्रकार केसीले उद्योग क्षेत्रमा कलम चलाउन जिम्मेवारी थपिएको बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको पुरस्कार मूल्याङकन समितिले गरेको छनोटको आधारमा उहाँलाई पुरस्कार प्रदान गरिएको हो । रुपन्देही उद्योग संघले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा २०५७ सालमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार स्थापना गरेको हो । उद्योग संघको स्थापना दिवसका अवसरमा पाँचजना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले सरकारले उद्योग व्यवसायिलाई साथमा लिएर हिड्नु पर्ने बताउनु भयो । उहाँले नेपाली पत्रकारिता जगतले उद्योगको बिकासमा पुराएको योगदान महत्त्वपूर्ण रहेको समेत बताउनु भयो ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष महेन्द्र नारयण श्रेस्ठ, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, प्रदेश सासद भोज प्रसाद श्रेस्ठ लगायतले मन्तब्य राख्नु भएको थियो । यसैगरि उद्योगमा काम गर्ने मजदुरका छोराछोरि मध्ये दिपक परियार र लिलबहादुर क्षेत्रिलाई १० हजार १ सय ५५ रुपैया बराबरको छात्रवृत्ति समेत प्रदान गरेको संघका अध्यक्षबोहराले बताउनु भयो । सोहि अवसरमा २४ बर्षसम्म कार्यलय सचिब रहेर सेवा गरेका टिकाराम शर्मा र क्यानका नव निर्बा्चित अध्यक्ष नवराज कुवरलाई पनि सम्मान गरिएको थियो ।

≪ Previous Post

सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न माग

Next Post ≫

मगर महिला संघ रुपन्देहीमा नेतृत्व चयन ,बलात्कार घटनाको दोषीलाई कडा कारबाही माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क