Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव अफ बुटवल युथले गर्यो मधुमेहको परिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ बुटवल युथले गर्यो मधुमेहको परिक्षण

संसारपोस्ट संवाददाता · ११ मंसिर २०७६ · 0
लायन्स क्लव अफ बुटवल युथले गर्यो मधुमेहको परिक्षण
80
SHARES
ShareTweet

५८६ जनाको स्वास्थ्य परिक्षण : १६८ जनामा मधुमेह



बुटवल, ११ मंसिर । मधुमेह रोगको बारेमा जनचेतना जगाउने तथा यो रोग लाग्न नदिन र रोगको नियन्त्रणका लागि विभिन्न सामाजिक संस्थाहरुले अभियान संचालन गरेका छन् ।
यस्तै अभियान अन्तर्गत लायन्स क्लव अफ बुटवल युथले बिश्व मधुमेह दिवसको अवसर पारेर यो रोग नियन्त्रण तथा रोग लागेपछि अपनाउनु पर्ने उपायका बारेमा सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले साता ब्यापी जनचेतना मुलक अभियान संचालन गरेको छ ।


बुटवल नगर क्षेत्रलाई केन्द्रमा राखेर क्लवले विभिन्न वडा कार्यालय तथा अन्य संघ संस्थासंगको समन्वय र सहकार्यमा मधुमेह रोग सम्वन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
यसै अभियान अन्तर्गत बुधबार क्लवले बुटवल उपमहानगरपालिका वडा नम्वर ११ को वडा कार्यालयमा मधुमेह रोग सम्वन्धि जनचेतनामुलक कार्यक्रम तथा निशुल्क मधुमेह रोगको परीक्षण गरेको लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपक प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार लिट्स कलेज बुटवलका प्राविधिक भुपेन्द्र राना मगरको नेतृत्वमा रहेको ६ जनाको प्राविधिक टोलीले वडाका ५८६ जनाको स्वास्थ्य परिक्षण रेकोमा १६८ जनामा मधुमेहको लक्षण देखा परेको थियो । उनीहरुलाई आवश्यक औषधि सहित स्वस्थ जीवनकालागि अपनाउनु पर्ने उपायका बारेमा उचित परामर्श दिईएको क्लवका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


कार्यक्रममा लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ बी टु का एडभाईजर एमजेएफ अर्जुनमान सैजुले मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खान, शारीरिक व्यायाम गर्न, शरीरको तौल सामान्य राख्न तथा सुर्तीजन्य पदार्थको सेवन नगर्न सुझाव दिनुभयो ।
मधुमेहले मानिसको मृत्यु हुने सम्भावनालाई दोब्बर बनाउने हुंदा यो रोग लागेका मानिसहरुले आफुलाई स्वस्थ र तन्दुरुस्त कसरी राख्न किन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने भन्दै उहांले लायन्स क्लव अफ बुटवल युथले मधुमेह रोग नियन्त्रणका लागि संचालन गरेको अभियान आफैमा उदाहरणिय र सकारात्मक रहेको बताउनु भयो ।


लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, लायन्स क्लवका डिष्ट्रिक एडभाईजर लायन पुरुषोत्तम प्रधानाङ्ग रिजन चियरपर्सन लायन जाकिर हुसेन लगायतले बोल्दै लायन्स क्लव अफ बुटवल युथले मधुमेह रोग नियन्त्रणका लागि संचालन गरेको अभियानले समाजमा सकारात्मक सन्देश दिएको भन्दै यो अभियानलाई सफल बनाउन सकेमा मधुमेह रोग नियन्त्रणका लागि महत्वपुर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रम संयोजक लायन मनमोहन गुभाजुको संयोजन, क्लवका सचिव विष्णु काफ्लेको संचालन र लायन नेहमद अलीको स्वागतमा कार्यक्रम भएको थियो ।
सामाजिक सेवाभावकागि क्रियाशिल लायन्स क्लव अफ बुटवल युथले क्लव स्थापनाको छोटो समयमै सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रमका साथै मानव स्वास्थ्यका क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउदै आएको छ ।

≪ Previous Post

बुटवलमा सामुहिक वेलविवाह

Next Post ≫

अर्घाखाँची बस दुर्घटना अपडेट १९ को मृत्यु ः १० जनाको सनाखत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क