Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0
चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण
80
SHARES
ShareTweet


अर्घाखाँची, ६ मंसिर । अर्घाखाँचीको पोखराथोकका एक ८४ वर्षीय वृद्धले विद्यालयलाई ११ रोपनी जग्गा तथा बृद्ध भत्ता बापतको रकम दान गरेका छन् । जिल्लाको पाणिनी गाउँपालिका २ पोखराथोक रयलेका रविलाल नेपालीले चौरासी पूजाका अवसरमा विद्यालयलाई जग्गा दान गर्नुभएको हो । उहांले चौरासी पूजामा फजुल खर्च नगरी बालबालिकालाई शिक्षाको ज्योति फैलाउने उद्देश्यले विद्यालयलाई जग्गा तथा रकम दान गरेको बताउनु भयो ।
उहांले पाणिनी गाउँपालिका ३ खिदिममा आफ्नै नाममा रहेको ११ रोपनी जग्गा र नगद पाँच हजार रुपैयाँ पाणिनी २ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गर्नुभयो । चौरासी पूजामा खर्च नगरी विद्यालयलाई दान दिएको वृद्ध नेपालीले बताउनुभयो ।


विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपूर्जा नेपालीले वडाअध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै वडाअध्यक्ष भट्टराईले एक दलित परिवारको वृद्ध मानिसले मन ठू्लो बनाएर विद्यालयलाई जग्गा दान गरेर सिंगो समाजका लागि उदाहरणीय काम गर्नु भएको छ भन्दै उहांले यस बाट हामी सबैले सिक्न जरुरी छ भन्नुभयो । यो सहयोगले विद्यालयको विकासमा उल्लेखनीय भूमिका खेल्ने उहांले बताउनु भयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम, विद्यालयका प्रधानाध्याक रामकुमार छिनाललगायतले दानविर नेपालीको प्रशंसा गर्नुभएको थियो ।

≪ Previous Post

हिमचुलीको खुत्रुके बचत योजना

Next Post ≫

जुनियर लन टेनिस शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क