Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जनताको राय सुझाव लिँदै नेपाली सेना :ईतिहासको जगेर्ना र युवामा सचेतना जागृत गराउन सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनताको राय सुझाव लिँदै नेपाली सेना :ईतिहासको जगेर्ना र युवामा सचेतना जागृत गराउन सुझाव

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0
जनताको राय सुझाव लिँदै नेपाली सेना :ईतिहासको जगेर्ना र युवामा सचेतना जागृत गराउन सुझाव
140
SHARES
ShareTweet

बुटवल, २९ कात्तिक
नेपाली सेनाले जनतासंग राय सुझाव लिँदै देशका बिभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली सेना भित्र हुने गरेका कमिकमजोरीलाई सच्याउनकालागि नागरिकसंग राय सुझाव लिनेगरी देशका बिभिन्न स्थानमा नागरिक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
यसैक्रममा शुक्रबार नेपाली सेनाको गरुड दल गण बुटवलमा आयोजना गरिएको नागरिक अन्तर अन्तरक्रिया कार्यक्रममा व्यारेक भित्र नैतिक आचरण र अनुशासनमा रहने नेपाली सेनामा काम गर्ने व्यक्ति व्यारेक बाहिर आउँदा नैतिक आचरण तथा अनुशासन गुमाउने गरेको, व्यारेक भित्रै पनि मातहतका जुनियर कर्मचारीलाई गरिने विभेदपूर्ण व्यबहार, भाषाशैली सुधार गर्नुपर्ने, ईतिहासको जगेर्ना गर्न र युवामा ईतिहासको सचेतना जागृत गराउने काममा नेपाली सेनाले भूमिका खेल्नुपर्ने सुझाव दिईएको थियो ।
त्यस्तैगरी नेपालका ऐतिहासिक तथा पुरातात्विक गढी (किल्ला)हरुको संरक्षण र प्रवद्र्धनकालागि नेपाली सेनाले बिशेष चासो दिनुपर्ने अन्तरक्रियाका सहभागिहरुले सुझाव दिएका थिए । अग्रेजलाई हराएर राष्ट्रियता, राष्ट्रिय अखण्डता कायम गर्न महत्वपूर्ण किल्ला बुटवलको जीतगढी किल्लाको संरक्षण र सुरक्षाकालागि पनि नेपाली सेनाले भूमिका खेल्नुपर्ने उनीहरुले सुझाव दिएका थिए ।
उनीहरुले नेपाली सेनासंग नागरिकको मनोबैज्ञानिक दरार रहेकाले उक्त दरारलाई सहज बनाउनकालागि नेपाली सेनाकै तर्फबाट पहलकदमी उठाउनुपर्ने सुझाव समेत दिएका थिए । नेपाली सेनाले पेट्रोलपम्प सञ्चालन गर्ने, सपिङ् कम्प्लेक्स सञ्चालन गरेका प्रति सहभागिले सेनाको काम देशको रक्षा गर्ने हो या व्यापार व्यबसाय सञ्चालन गर्ने हो भनी प्रश्न उठाएका थिए । त्यस्तै राष्ट्रिय सेवा दल तालिम लिएका बिद्यार्थीलाई नेपाली सेनाको भर्नामा प्राथमिकता दिनुपर्ने सुझाव राखेका थिए ।
पछिल्लो समय नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको प्रति पनि नागरिक समाजका अगुवाहरुले नेपाली भूमिको रक्षाकालागि नेपाली सेनाको महत्वपूण भूमिका हुने भएकाले त्यो भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । नेपाली सेना प्रति आम नागरिकको ठूलो विश्वास रहेकाले विवादित भूमिको सुरक्षाकालागि सरकारले नेपाली सेनालाई जिम्मेवारी दिने हो भने नेपाली जनता ढुक्कले निदाउन पाउने उनीहरुले बताए ।

सहभागिहरुले राखेको जिज्ञासामा नेपाली सेना श्रव्यदृष्य तथा सूचना महाशाखाका महासेनानी ईश्वरकुमार श्रेष्ठले विकसित मुलुकको सेना जस्तो नेपाली सेना आर्थिक रुपमा अब्बल नभएका कारण बैकल्पिक स्रोत व्यबस्थापनकालागि व्यबसाय समेत सञ्चालन गर्नुपरेको बताउनु भयो । उहाँले नेपाली सेनाका परिवारको आधारभूत आवश्यकता स्वास्थ्य तथा शिक्षाको व्यबस्थापनकालागि व्यबसाय गरेको बताउनु भयो ।
त्यस्तै नेपाली सेनामा भर्नाका लागि छुट्टै मापदण्ड रहेकाले राष्ट्रिय सेवा दल तालिम लिएका व्यक्तिले पनि भर्ना मापदण्ड पुरा गरेमात्रै सेनामा भर्ना हुन सक्ने उहाँले जानकारी गराउनु भयो । सिमाको बिषय दुई देशको सरकारको बिषय भएकाले सिमा विवाद कुटनीतिक रुपमा समाधान हुनु पर्ने र सरकारले जिम्मेवारी प्रदान गरे जुनसुकै स्थानमापनि जान नेपाली सेना तयार रहेको उहाँले बताउनु भयो । ‘भूमि सुरक्षाकालागि नेपाली सेना राखिएको भएपनि सिमामा सेना जाँदैमा समस्या समाधान हुने र नजाँदैमा नहुने भन्ने होईन ।’ यहाँले भन्नुभयो–‘यो कुटनीतिक बिषय पनि हो ।’
त्यस्तै मध्येपश्चिम पृतनाका महासेनानी उत्तमकुमार विष्टले नागरिकसंगको दुरी कम गर्नकालागि नेपाली सेनाले नागरिक अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यो कार्यक्रमलाई निरन्तरता दिने पृतनापति सिताराम खड्काको सन्देश सुनाउनु भएको थियो ।
नेपाली सेनाको आफ्नै आचार संहिता भएका कारण आचार संहिता विपरित हुने काम कसैले गरेमा सुचना दिन र त्यस्ता कर्मचारीलाई कारवाहीमा ल्याउने गरुड दल गण बुटवलका गणपति ज्योतीकुमार थापाले जानकारी गराउनु भयो । सूचना लिने विषयमा पनि नेपाली सेनामा सहज नभएको भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले राष्ट्रिय सुरक्षामा आँच आउने बाहेकका सूचना सम्प्रेसणमा कुनै समस्या नभएको र त्यसकालागि राष्ट्रिय तहमा जनसम्पर्क अधिकृत र बाहिनी, गण तथा गुल्ममा सूचना अधिकारी तोकिएको हुँदा सोही अनुसार सूचना प्रवाह हुने जानकारी गराउनु भयो ।
कार्यक्रममा २२ नं. बाहिनीका बाहिनीपति हेमकुमार गिरी, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, कार्यसमिति सदस्य अनुपमान सैंजु, होटल व्यबसाय व्यबसायी माधव नेपाल, रोमाकान्त पाण्डे, देवीकुमार श्रेष्ठ, बाबुराम श्रेष्ठ, लेखक झपेन्द्र जिसी, निर्मल श्रेष्ठ तथा जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
त्यसै अवसरमा नेपाली सेनाले उत्पादन गरेको रेडियो कार्यक्रम निशुल्क प्रसारण गरेका बुटवल एफएम, मुक्ति एफम, सिद्धार्थ एफएम, रुपन्देही एफएम, रेडियो जागरण, रेडियो समावेशी र लुम्बिनी एफएमलाई कदर पत्र सहित सम्मान गरिएको थियो । नेपाली सेनाले नागरिकसंगको सम्बन्ध विस्तारकालागि ११ जिल्लामा यो कार्यक्रम सम्पन्न गरिसकिएको प्रमुख सेनानी प्रधुम्न पौडेलले जानकारी गराउनु भयो ।

≪ Previous Post

२०७६ साल कार्तिक २९ गते शुक्रवारको राशिफल

Next Post ≫

मित्र मंञ्चद्धारा उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क