पाल्पा, १० कार्तिक । पाल्पा प्रहरीले आज बिहान साढे पाँच लाख नगद सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
रिब्दीकोट गाउँपालिका ७ बतासेमा कौडाखेलिरहेको अवस्थामा नगद सहित उनीहरुलाई पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक देबराज पौडेलका अनुसार पक्राउ पर्नेहरुमा नारायण बहादुर कुवंर, गोपाल कुवंर, सुन्दर कुवंर, सचिन कुवंर, तारा कुवंर, सुन्दर श्रेष्ठ, देब कुमार पराजुली, यम बहादर कुवंर, गौरब कुवंर, कमल कुवंर, शिब चौहान, बिष्ण बहादुर थापा र समुन्द्र कुवंर रहेका छन् ।
उनीहरु साथबाट प्रहरीले ५ लाख ४५ हजार ८ सय ५५ नेपाली रुपैयाँ र २५ सय २० भारतीय रुपैयाँ बरामद गरेको छ ।
