Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७६ · 0
नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै
60
SHARES
ShareTweet


बुटवल, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
पार्टी केन्द्रीय समितिले केन्द्रीय कार्यालय काठमाण्डौ र अन्य जिल्ला समितिहरुले जिल्ला समितिको कार्यालयमा यो कार्यक्रम आयोजना गरेका छन् ।
वि. सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ ।
नेपाली काँग्रेसले यस वर्ष पनि सो कार्यक्रलाई निरन्तरता दिँदै विजयादशमी, शुभ दिपावली तथा छठ पर्व २०७६ एवं नेपाल सम्वत ११४० लगायत समस्त नेपाली चाड पर्वहरुको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति रुपन्देहीले नेपाली चाडपर्वहरुको अवसरमा संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको सम्वद्र्धन गर्दै शान्ति र समृद्धिको यात्रामा उत्प्रेरणा भरुन भन्ने कामना सहित आज विहान ११ बजे जिल्ला पार्टी कार्यालय भैरहवामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको पार्टी जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।


सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, पत्रकारलगायत पार्टीका भगिनी तथा शुभेक्षुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने सभापति रज्जाकले बताउनु भयो ।
कार्यक्रममा सहभागिताका लागि सबैलाई निमन्त्रणा कार्ड सहित पत्राचार र उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
यस्तै छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासी, नवलपुर, पाल्पालगायतका जिल्लामा पनि नेपाली काँग्रेस जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्व २०७६ एवं नेपाल सम्वत ११४० लगायत समस्त चाड पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

≪ Previous Post

आज कोजाग्रत पुर्णिमा बडा दशैको अन्तिम दिन

Next Post ≫

२०७६ साल कार्तिक ७ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क