Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ संघिय प्रहरी र प्रदेश प्रहरीमा कुनै भिन्नता हुदैनः मुख्य मन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संघिय प्रहरी र प्रदेश प्रहरीमा कुनै भिन्नता हुदैनः मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७६ · 0
संघिय प्रहरी र प्रदेश प्रहरीमा कुनै भिन्नता हुदैनः मुख्य मन्त्री पोखरेल
110
SHARES
ShareTweet

कारागारको क्षमता वृद्धि होईन अपराध नियन्त्रण गरी राज्यको आर्थिक वोझकम गर्ने तर्फ गम्भिर हुनु पर्छ




बुटवल २४ असोज
प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले संघिय प्रहरी र प्रदेश प्रहरीमा कुनै भिन्नता नहुने बताउनु भयो ।
उहाँले संघिय प्रहरीले पाउने सेवा सुविधा सरह नै प्रदेश प्रहरीले पनि पाउने धारणा राख्नु भयो । संघ र प्रदेशका प्रहरीले राष्टृको सेवा गर्ने हो त्यसैले दुवै प्रहरी एउटै हुन भन्ने कुरालाई बुझन जरुरीेको उहाँले औल्याउनु भयो ।

संघिय प्रहरीले पाउने सेवा सुविधा भन्दा पनि बढी उपलब्ध गराउने गरी प्रदेश प्रहरीलाई प्रोत्साहन गरिने समेत मुख्य मन्त्री पोखरेलले बताउनु भयो ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाड.ले शुक्रवार बुटवलमा आयोजना गरेको ६४ औं प्रहरी दिवस २०७६मा वोल्दै मुख्य मन्त्री पोखरेलले प्रदेश प्रहरीको काधमा परिवर्तित संरचना अनुसार चुनौती पनि थपिएको बताउनु भयो ।
समाजको विकास संगै आर्थिक अपराधको श्रृखंला बढेको उल्लेख गदै उहाँले त्यसंग मुकाविला गर्ने गरि प्रहरी संगठन सक्षम हुनु पर्ने धारणा राख्नु भयो ।
मुख्य मन्त्री पोखरेलले कारागारको क्षमता वृद्धि गर्ने तर्फ भन्दा पनि अपराध नियन्त्रण गरी राज्यको आर्थिक वोझकम गर्ने तर्फ गम्भिर हुन प्रहरी संगठनलाई आह्वान गर्नु भयो । उहाँले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र अपराधीले उन्मुक्ति पाउने निर्दोष फस्ने गरि काम नर्गन प्रहरी प्रशासनलाई निर्देशन दिनु भयो ।

मुख्य मन्त्री पोखरेलले समाजको विकास संगै सुरक्षा चुनौती बढेकाले परिवर्तित सुरक्षा चुनौतीलाई टयाकल गर्ने गरि प्रहरीलाई पुनः ताजकी तालिम प्रदान गर्न जरुरी रहेको औल्याउनु भयो । प्रहरी दिवसका अवसरमा प्रदान गर्ने पुरस्कार राशीले परिवारसंग खुशीसाटन पुग्ने गरि प्रदान गर्न निर्देशन दिदै उहाँले आवश्यक वजेट प्रदेश सरकारले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले शहिद प्रहरी परिवार र अपागं भएकाहरुलाई रोजगारी र सिपको व्यवस्था गरि उनिहरुलाई आयआर्जनमा सहयोग गरिने बताउनु भयो । उहाँले प्रदेशका सवै जिल्लामा प्रविधीमैत्री हिसावले सुरक्षा निगरानी गरिने गरि सिसिटिभी जडानलाई प्राथमिकतामा राखेर काम भैरहेको जानकारी गरउनु भयो ।

प्रदेश पाँचका प्रहरी नायव महानिरिक्षक शुरेस विक्रम शाहले नागरिकले शान्ति सुरक्षाको प्रत्याभुती हुने गरि सुरक्षा व्यवस्था मिलाईएको बताउनु भयो ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला ,अधिकारी महादेव पन्थले पछिलो समयमा अपराधमा नयाँ शैलीको विकास भएको छ भन्दै कारागारका बन्दीलाई हेरेर सुरक्षा रणनीति बनाउनु पर्नेमा जोड दिनु भयो ।

अमर प्रहरी शहिद परिवार संघकी केन्द्रिय सचिव रीता सेन वलीले जनयुद्धमा मारिएका प्रहरीहरुलाई शहिदको नामाकरण गरिए पनि व्यवहारमा शहिदको परिवारले सोको अनुभुती गर्न नपाएकोमा त्यसतर्फ सरकारले ध्यान दिन आग्रह गर्नु भयो । जनयुद्धकालमा मुलुक भरी २ हजार ८ सय ५ जना सुरक्षा निकायका व्यक्तिले ज्यान गुमाउनु परेको र उनिहरुको परिवारलाई तथा अपागं भएकाहरुको नाममा प्रदेश सरकारले वजेट विनीयोजन गर्नु पर्नेमा सचिव सेनले जोड दिनु भएको थियो ।

कार्यक्रममा पुर्व प्रहर िप्रेम सिंह पौडेलले पुर्व प्रहरीको अनुभवलाई ध्यानमा राखेर आवश्यकता अनुसार परिचालन गर्न माग गर्नु भयो । कार्यक्रममा प्रदेश पाँच प्रहरी तालिम केन्द्रका समादेशक डा. गणेश रेग्मीले अपराध अनुसंन्धानलाई प्रविधी मैत्री वनाउन जरुरी रहेको औल्याउनु भयो ।

कदरपत्र र पुरस्कारद्धारा सम्मानितहरु


६४ औं प्रहरी दिवसको अवसरमा प्रदेस पाँचको प्रहरीले विभिन्नसंघ संस्था ,व्यक्ति र प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।
प्रदेस प्रहरीले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा, कन्चन गाउँ पालिका ४ का अध्यक्ष भरत सापकोटा , सिद्धार्थ नगर उद्योग बाणिज्य संघ, पुर्व प्रनाउ कृष्ण बहादुर थापा,समाजसेवीओमकार गौचन,रामु अधिकारी,युवराज पाण्डे, सुरक्षित यात्रा नेपालका अध्यक्ष

कृष्ण प्रसाद वेल्वासे, ओमसतिया गाउँ पालिकाका मंगल भण्डारी, पत्रकार माधव ढुगांना,र सिद्धाथ नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीलाई कदरपत्रले सम्मान गरिएको थियो । त्यसै गरि उत्कृष्ठ कामगर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कारले सम्मान गरिएको छ । तयसरी सम्मानित हुनेमा ५ नम्बर प्रदेश टृाफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेल प्रहरी नायव उपरिक्षक राम प्रकाश शाह, प्रहरी उपरिक्षकहरु राजेश नाथ वास्तोला, लालमणि आचार्य , प्रनाउ अभय कुमार झा,नवराज पोखरेल, प्रहरी निरिक्षक प्रकाश श्रीमल क्षेत्री प्रनानी रिक बहादुर सिंजाली, प्रसनि हुम बहादुर भलामी मगर, प्रहरी हल्दार विकाश थापा मगर, र प्रहरी जवानमा लाल बहादुर देउवा, टिकाराम आचार्य, दिनेश सेजवाल र शेर बहादुर कुसारीलाई मुख्य मन्त्री पोखरेल र कानुन मन्त्री केसीले नगद पुरस्कारवाट सम्मान गर्नु भएको हो ।

≪ Previous Post

२०७६ साल असोज २४ गते शुक्रवारको राशिफल

Next Post ≫

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सँख्या १२ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क