Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश- ५ लाई अपाङ्ग मैत्री बनाउने अभियानमा छौँः मन्त्री बराल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश- ५ लाई अपाङ्ग मैत्री बनाउने अभियानमा छौँः मन्त्री बराल

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
प्रदेश- ५ लाई अपाङ्ग मैत्री बनाउने अभियानमा छौँः मन्त्री बराल
100
SHARES
ShareTweet

यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ छिट्टै अपाङ मैत्री प्रदेश बनाइने दाबि गर्नुभएको छ । यस्का लागि सबैले हातेमालो गर्नुपर्ने उहाँको धारणा रहेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघको आठौं महाधिबेशनमा प्रदेश ५ भित्रबाट निर्बा्चित कार्यसमितिलाइ मंगलवार बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री बरालले हरेक अपाङता भएका व्याक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने बताउनुभयो ।
उहाँले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन समेत आग्रह गर्नुभयो । उहाँले हजारौ चुनौतिको सामान गर्दै व्यक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपांगता भएका व्यक्तिहरुको क्षमता साच्चैनै अनुकरणीय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अपाङ्ता भएका व्यक्तिहरुलाई मुलधारमा ल्याउनको लागि हरेक सचेत नागरिकहरुले साथ दिनुपर्दछ, राज्यस्थरबाट हुने अवसरमा कुनै पनि कमि हुन दिने छैन ।’

अपाङता भएका व्यक्तिहरुको हक अधिकार प्रदान गर्ने विषय लगायत उनीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा, रोजगारीका अवसरहरुमा प्राथमिकता दिने उहाँले बताउनुभयो ।

प्रदेश सरकार अपाङ मैत्री कानुन निर्माणको क्रममा रहेको भन्दै उहाँले कानुन कार्यान्वयन संगै अपाङ मैत्री प्रदेश ‘प्रदेश नम्बर ५’ घोषणा गरिने समेत बताउृनुभयो ।

सो अबसरमा सैनामैना नगरपालिकाकी उपमेयर बिना राना, राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शमा, प्रदेश ५ अध्यक्ष देवीदत्त आचार्य, प्रदेश उपाध्यक्ष शारदा भट्टराई, सचिव हुमनाथ अधिकारी, सुस्त मनस्थित बाल बिद्या मन्दिरका संचालक लोकनाथ भुसाल, नेत्रहिन संघका महासचिब शिबिर खनाल, लगायतले बोल्नुभएको थियो ।

अधिबेशनबाट अध्यक्षमा निर्बाचित मित्रलाल शर्मा, सचिबमा भाबुकजंग थापा र सदस्यहरुमा मिना भुसाल पाठक, सन्तोष पन्त, चिन्तामणि पौडेल, कृष्ण गौतम, पिताम्बर लम्साल, रामरतन हरिजनलाइ सम्मान गरिएको थियो ।

≪ Previous Post

छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानमा अस्ट्रेलिया

Next Post ≫

प्रदेश– २ को स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क