Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानमा अस्ट्रेलिया
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानमा अस्ट्रेलिया

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानमा अस्ट्रेलिया
70
SHARES
ShareTweet

विश्वकप क्रिकेटमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अहिलेसम्म पाँच पटकको उपाधि विजेता अस्ट्रेलिया छैटौं उपाधि जित्ने अभियानमा छ ।

२०१५ को विश्वकप विजेता अस्ट्रेलियालाई उपाधि जोगाउने चुनौती पनि उत्तिकै छ । बल टेम्परिङ प्रकरणमा अस्ट्रेलियाका खेलाडी परेपछि केही समय विवादित बनेको अस्ट्रेलियाले त्यसबाट पार पाइसकेको छ । उसले भारत र पाकिस्तानलाई उनकै भूमिमा हराउँदै आफूलाई उत्कृष्ट टिमको रुपमा विश्वकपमा अघि ल्याएको छ । साथै आईसीसी वरियतामा भने अस्ट्रेलिया अहिले पाचौं स्थानमा छ । बल टेम्पिरिङ प्रकरणमा मुछिएका डेविड वार्नर र स्टीव स्मिथ एक वर्षको प्रतिबन्ध पूरा गरेर टिममा फर्किएका छन् ।

अस्ट्रेलियाले पहिलो पटक १९८७ मा विश्वकप जितेको थियो भने १९९९ देखि २००७ सम्मका तीन वटा विश्वकपमा च्याम्पियन बन्यो । साथै २०१५ को विश्वकप पनि अस्ट्रेलियाले आफ्नो पोल्टामा पार्‍यो । विश्व वरियतामा पाचौं स्थानमा अस्ट्रेलिया देखिए पनि उसको टिम सन्तुलित छ । वार्नर टिममा समावेश हुनु पनि अस्ट्रेलियाको बलियो पक्ष हो ।

आईपीएलमा उनले सनराइजर्स हैदराबादबाट खेलेका वार्नरले ६९२ रन बनाउँदै वरेन्ज क्याप पनि हात पारेका छन् । अर्का खेलाडी स्मिथले पुरानो फर्ममा आउने कोशिस गरिरहेका छन् । न्यूजिल्याण्डविरुद्ध स्मिपथले ८९ र ९१ रनको पारि खेल्दै त्यसको संकेत गरेका थिए । आसन्न विश्वकपमा वार्नरले ओपनिङ गर्छन् की गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

१०४ एक दिवसीय क्रिकेटमा उनले एक पटक मात्रै ओपनिङ गरेका छैनन् । अस्ट्रेलियाको टिम बनाउँदा फर्ममा भएका खेलाडीहरुलाई पनि बाहिर राख्नु परेकाले उनको स्थान के हुने भन्ने अझै तय भएको छैन् । १५ सदस्यीय टोलीमा पीटर हेन्ड्कब, जोश हेजलवुड, डर्सी सट, केन रिचर्डसन, एशटन टर्नर र म्याथ्यू वेड जस्ता खेलाडीहरु परेनन् ।

≪ Previous Post

५१ सरकारी भवन निर्माणको योजना : लागत १४ अर्ब, बजेट ८ करोड !

Next Post ≫

प्रदेश- ५ लाई अपाङ्ग मैत्री बनाउने अभियानमा छौँः मन्त्री बराल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क