Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७६ · 0
चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने
80
SHARES
ShareTweet


काठमाण्डौ, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही असोज २५ गते नेपाल आउनुहुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गरेर सीको नेपाल भ्रमण बारेमा औपचारिक जानकारी गराउदै भ्रमणको तालिका समेत सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने कार्यक्रम छ । सी को भ्रमण दुई दिनको रहने मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको भ्रमण तालिका अनुसार चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा भारतको चेन्नई पुग्ने र १२ तारेखमा काठमाडौं आइपुग्ने कार्यक्रम छ । २५ गते नेपाल आउने र २६ गते उहां बेइजिङ फर्किनुहुने छ ।
सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लाग्नुभएको हो । सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच केही परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सीको सम्मान मा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज दिने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग औपचारिक भेटघाट गर्नुहुनेछ । राष्ट्रपति सीले प्रतिनिधिमण्डलस्तरको दुई पक्षीय वार्ता भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
चनिया राष्ट्रपति सि नेपाल भ्रमणमा आउने तयारी भएसंगै अन्तर्राष्ट्रिय समुदायले पनि उहांको भ्रमणलाई चासोका साथ हेरेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति टुंगो लागेसंगै नेपाल सरकारले तयारी तीब्र बनाउदै नीतिगत तयारी देखि सडक सिंगार्ने काममा विशेष ध्यान दिएको छ ।

≪ Previous Post

२०७६ साल असोज २२ गते बुधबारको राशिफल

Next Post ≫

२०७६ साल असोज २३ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क