Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0
नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना
50
SHARES
ShareTweet


बुटवल, १९ असोज । बुटवल ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना गरिनुका साथै भोजन कार्यक्रम गरिएको छ । आश्रममा आश्रित ३२ जना अपाङ्ग बालबालिका तथा वृद्धवृद्धालाई लक्षित गरेर सो कार्यक्रम गरिएको हो । दशैँको अष्टमीको दिन पारेर बुटवल १५ सेमलारमा रहेको श्री दुर्गा भवानी आमा समूहको आयोजना, स्थानीय क्लब तथा समाजसेवीको सहयोगमा सो कार्यक्रम गरिएको हो ।
आमा समूहकी अध्यक्ष रमा पौडेल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नागरिक मञ्चका पूर्व अध्यक्ष वेधानिधि रिजाल, नव पञ्चरत्न युवा क्लबका अध्यक्ष जयमंगल भुसाल, समाजसेवी रामप्रसाद भुसाल, भुवन बहादुर खत्री, जोग बहादुर विक, कार्यक्रम संचालक गंगा नेपाललगायतले बोल्दै दशैंको अवसर पारेर यस्ता कार्यगर्नु सह्रानीय रहेको बताउनुभयो ।
यस्ता आश्रममा आश्रित बालबालिका तथा वृद्धवृद्धालाई हेर्ने दायित्व सरकारको भएपनि चासो नदिएकोमा दुख व्यक्त गर्दै उहांहरुले सरकार आफ्नो दायित्वबाट पन्छे पनि यस्ता संघसंस्था, समाजसेवी तथा सहयोगी भावना भएका व्यक्तिहरुले समाजका लागि राम्रो काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल अपाङ्ग आश्रम वि.सं २०६७ सालमा स्थानीय डोल बहादुर रामदाम, प्रविन भुसाल र आश्रमकी सचिव विमला गौतमले बुटवल ११ स्थित होराईजन चोकमा कोठा भाडामा लिएर सुरु गर्नुभएको थियो ।
अहिले आफ्नै भवनमा संस्था संचालन गर्न पाउंदा र असहाय तथा अपाङ्ग बालबालिका तथा वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउंदा निकै हर्ष लागेको आश्रमकी सचिव विमला गौतमले बताउनुभयो ।


कार्यक्रममा बोल्दै दुर्गा भवानी आमा समूहकी अध्यक्ष रमा पौडेल पराजुलीले दैनिक फजुल खर्च गर्नु र पुजा पाठ र धर्मकर्मका लागि विभिन्न मठमन्दिरमा जानुभन्दा सामाजिक कार्यमा आफुलाई सरिक गराउन सकेमा सबैभन्दा ठूलो धर्म हुने बताउनु भयो ।
सोही अवसरमा आमा समूहद्धारा आश्रममा १० हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । सो रकम आमा समूहकी अध्यक्ष रमा पौडेल पराजुली र वेधानिधि रिजालले आश्रमकी सचिव विमला गौतमलाई हस्तान्तरण गर्दै आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।

≪ Previous Post

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

Next Post ≫

२०७६ साल असोज २० गते सोमवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क