Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0
यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि
80
SHARES
ShareTweet


काठमाडौं, १९ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वगृहमन्त्री समेत रहनुभएका महरालाई प्रहरीले आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । सभामुख रहेकै बेला महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएसँगै प्रहरीले पक्राउ गरेको हो ।
महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुब्र्यबहार गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो । महरालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।
गएको आइतबार राती रोशनीको कोठामा गएर उनलाई यौन दुब्र्यबहार गरेको समाचार सार्वजनिक भएपछि महराले घटनाको छानविनमा सहज होस भनेर सभामुखबाट राजीनामा दिनुभएको थियो ।
पक्राउ परेका महराको बयान भने अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ ।
महरामाथि १२ असोजमा संसद सचिवालयकी कर्मचारीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप लागेको छ । यो आरोप पुष्टि भएमा महरालाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय हुनेछ । प्रहरीका अनुसार महरा विरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइनेछ ।

≪ Previous Post

आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

Next Post ≫

नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क