Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कफी पिउनु स्वास्थ्यका लागि फाइदा कि बेफाइदा ?
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कफी पिउनु स्वास्थ्यका लागि फाइदा कि बेफाइदा ?

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0
कफी पिउनु स्वास्थ्यका लागि फाइदा कि बेफाइदा ?
80
SHARES
ShareTweet

एजेन्सी




संसारमा यस्ता धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ । तर, यस्ता मानिसहरूलाई आफ्नो दैनिक उत्पादन क्षमतामा कफीले असर पुर्याएजस्तो लाग्छ । वास्तवमा धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेको छ ।
ठूला सहरमा मात्र होइन, साना सहरमा पनि कफी सप खुल्न थालेका छन् । जहाँ साथीभाइ, पत्रकार, साहित्यकार, कलाकारको समूह भेला हुन्छन् र गफ गर्छन् । कफीको सामाजिक फाइदा त सबैलाई थाहा छ, तर यो स्वास्थ्यका लागि कति लाभदायी छ ? यो कुरामा कम मानिस मात्र कुरा गर्छन् ।
कफी असरदार छ ! मिथ वा सत्य ?
दिनमा तीन वा चार कप कफी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनुसन्धान अनुसार चिनी नराखेको कालो कफी ज्यादा स्वस्थकर मानिन्छ । कफीसँग हलुका स्न्याक्स लिनु नै राम्रो मानिएको छ ।
लन्डन विश्वविद्यालयको साइन्स टेक्नोलोजी विभागले कफीको असरमा एक रिपोर्ट तयार पारेको छ । पछिल्लो रिपोर्टअनुसार कफीको हरेक कपले मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्छ ।
त्यस्तै, कफीमा पाइने क्याफिनले स्वास्थ्यलाई पार्किन्सन्स रोगबाट बचाउन सहयोगी भूमिका खेल्छ । अनुसन्धानकर्ताले यो तथ्यलाई शतप्रतिशत भने मानेका छैनन् ।
रिपोर्टअनुसार कफी पिउने व्यक्तिलाई मिर्गाैलाको क्यान्सर हुने सम्भावना कम हुन्छ । तर, अन्य क्यान्सरबाट बचाउन कफीको कस्तो भूमिका हुन्छ त्यो भने अनुसन्धानबाट खुलेको छैन ।
सबै परिस्थितिमा कफी फाइदाजनक छैन ।
कतिपय पछिल्ला रिपोर्टलाई आधार मान्ने हो भने नियमित रूपमा कफी सेवन नगर्ने व्यक्तिले कफी पिएको एक घण्टामा हार्ट अट्याक हुने सम्भावन ज्यादा रहन्छ । रिपोर्टमा नियमित कफी पिउने मानिस कफी नपिउने मानिसको तुलनामा लामो आयु बाँच्ने तथ्य पनि खुलाइएको छ । यो तथ्यअनुसार कफी काम गर्ने तयारी मात्र होइन, स्वाथ्यका लागि पनि फाइदाजनक छ ।

≪ Previous Post

प्रदेश पाँचको मन्त्रालयद्धारा आकस्मिक अनुगमन

Next Post ≫

सामाजिक सरह विकासमा सहकार्य जरुरी : महासचिव पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क