Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश पाँचको मन्त्रालयद्धारा आकस्मिक अनुगमन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचको मन्त्रालयद्धारा आकस्मिक अनुगमन

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0
प्रदेश पाँचको मन्त्रालयद्धारा आकस्मिक अनुगमन
50
SHARES
ShareTweet

बुटवल, १६ असोज
प्रदेश पाँचको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्वमा बिहिबार बुटवलका बिभिन्न स्थानमा यातायात सेवामा अनुगमन गरिएको छ ।
यातायात सेवामा चाडपर्वको समयमा देखिने नियम बिपरितका कामलाई रोक्नकालागि आकस्मिक अनुगमन गरिएको मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले बताउनु भयो ।
आन्तरिक मामिला तथा काुनन मन्त्रालयका सचिव खरेलको नेतृतवमा प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मधुसुदन लईँटेल सहित मन्त्रालयका कर्मचारी र ट्राफिक प्रहरीले यातायात व्यबस्थायी संस्थाका टिकट काउन्टरहरु, बसपार्क तथा चौराहामा बस स्टपमा सार्वजनिक सवारी साधन रोकेर सोधपुछ गरेका थिए ।
चाडपर्वको समयमा यात्रुको चापको फाईदा उठाएर बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु चढाउने तथा छतमा समेत यात्रु राखेर यात्रा गराउने लगायतका गुनासा आईरहेका बेला मन्त्रालयले आकस्मिक अनुगमन गरेको मन्त्रालयका उपसचिव हरिसिंह धामीले बताउनु भयो ।

अनुगमनका क्रममा सामान्य रुपमा क्षमता भन्दा बढी यात्रु राखेको पाईएपनि बढी भाडा लिएको नपाईएको र व्यबसायिक संघसंस्थाहरुले यातायात सेवालाई व्यबस्थित रुपमा नै सञ्चालन गर्ने प्रयास गरेको पाईएको सचिव खरेलले बताउनु भयो । मन्त्रालयले तिहार सम्मनै आकस्मिक चेकजाँचलाई निरन्तरता दिने उहाँले जानकारी गराउनु भयो ।
आकस्मिक चेकजाँच गर्ने गर्दा नियम विपरितका क्रियाकलापलाई निरुत्साहित गर्ने भएकाले चेकजाँचका कामलाई निरन्तर गर्न लागिएको हो ।
यातायात सेवा सञ्चालन गर्दा नियम विपरित क्षमता भन्दा बढी यात्रुलाई यात्रा गराउने, छतमा राख्ने तथा बढी भाडा लिएको पाईएमा कडा कारवाही गरिने प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक लुईँटेलले बताउनु भयो । प्रहरीले प्रदेशका १२ वटै जिल्लाका बिभिन्न स्थानमा अनुगमनलाई अंगाडी बढाएको छ भने मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर चाडपर्वका समयमा दुर्घटना नहुनेगरी यात्रायात सेवालाई व्यबस्थित गर्ने काम गरेको सचिव खरेलले बताउनु भयो ।

≪ Previous Post

रोशनीका श्रीमानले दिए शाहीलाई डिभोर्स सहमति पत्रसहित

Next Post ≫

कफी पिउनु स्वास्थ्यका लागि फाइदा कि बेफाइदा ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क