Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लोक दोहोरी प्रतिष्ठानद्वारा बाल गृहलाई सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक दोहोरी प्रतिष्ठानद्वारा बाल गृहलाई सहयोग

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७६ · 0
लोक दोहोरी प्रतिष्ठानद्वारा बाल गृहलाई सहयोग
60
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, १३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले सैनामैनाको बनकट्टामा सञ्चालित बालगृहलाई सहयोग गरेको छ । प्रतिष्ठानले बालगृहमा रहेका बालवालिकालाई खाना खुवाउनुका साथै आर्थिक र शैक्षिक सामाग्री दिएर सहयोग गरेको हो ।
हिन्दुहरुको महान पर्व वडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले बालगृहलाई सहयोग गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष दीपक कार्कीको अगुवाइमा बालगृहमा रहेका १२ जना बालवालिकालाई १२ हजार नगदसहित कापी, कलम लगायतका शैक्षिक सामाग्री दिनुका साथै खाना खुवाइएको थियो ।
प्रतिष्ठानमा आवद्ध कलाकारहरुले अनाथ तथा असहाय बालवालिकाहरुको शिक्षामा थप मनोवल बढाउने गरी सहयोग गरिएको बताएका छन् ।
कलाकारहरुको काम नाच्ने र गाउने मात्र नभएर सामाजिक सेवा पनि गर्ने भएकाले बालवालिकाहरुलाई सहयोग गरिएको र आगामी दिनमा उनीहरुको आवश्यक्ता अनुसार सहयोग गरिने प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बोल्दै लोक दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका सल्लाहाकार खेम हमालले समाजमा देखिएका हरेक समस्याहरुसंग साक्षर भएर सहयोग पुराउने मानवीय दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य प्रचण्ड जीसी, प्रदेश पाँचका अध्यक्ष डिल्लीनारायण पाण्डे, उपाध्यक्ष दीपु मगर, प्रतिष्ठान रुपन्देहीका निवर्तमान अध्यक्ष दीपक गरौजा, प्रतिष्ठानका पूर्व अध्यक्ष वलराम पौडेल, टंकप्रसाद गैरे, राधेश्याम राजभण्डारी, बालगृह सञ्चालक तिलक शाही, प्रदीप जीसीलगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै सामाजिक दायित्वलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका रुपन्देही अध्यक्ष दीपक कार्कीको अध्यक्षता र सचिव उज्वल गिरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिष्ठानका प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डे र रुपन्देही अध्यक्ष दीपक कार्कीले बालगृहमा रहेका बालवालिकाको शिक्षा स्वास्थ्यका लागि आर्थिक, भौतिक, नैतिक रुपले सहयोग गर्ने प्रतिवद्वता जनाउनु भएको छ ।
त्यस्तै आफ्नो जन्मउत्सवको अवसरमा लोकदोहोरी गायिका सोनम सुनार, नारायण बहादुर रायमाझी र दामोदर बस्यालले बालवालिकालाई नगद सहयोग गर्नुभएको छ ।

≪ Previous Post

कांग्रेस नगर समितिको वैठक सम्पन्न

Next Post ≫

दशैं सस्तो बजारमा उपभोक्ताको भिड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क