Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा दशैं सस्तो बजार सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा दशैं सस्तो बजार सुरु

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0
बुटवलमा दशैं सस्तो बजार सुरु
50
SHARES
ShareTweet

नयाँ नोट सटहीको व्यवस्था


बुटवल, १२ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आईतबारदेखि बुटवलमा १९ औं संस्करणको दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ सचिवालय परिसर बालमन्दिरमा सञ्चालन गरिएको दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्नुभयो ।
दशैं सस्तो बजार उद्घाटन कार्यक्रममा बोल्दै मेयर सुवेदीले चाडपर्वहरुलाई लक्षित गरेर दशैंको समयमा बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गरेर राम्रो काम गरेको औंल्याउँदै सस्तो बजारमा बिक्री वितरण गरिने बस्तुको गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । उहाँले बुटवल नगरपालिकाले आगामी तीन वर्ष भित्रमा वेरोजगार युवालाई सीप सिकाएर बेरोजगारी समस्या निर्मुल गर्ने बताउनु भयो ।
त्यस अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले उपभोक्तालाई ध्यानमा राखेर बुटवल उद्योग बाणिज्य संघले निरन्तर दशैं सस्तो बजार संञ्चालन गरेर राम्रो काम गरेको बताउनु भयो । उहाँले अहिलेपनि नेपाली उपभोक्ता सुनौली पारी बजार गर्न जाने प्रबृत्ति कायमै रहेको बताउँदै सस्तो मात्रै भन्दा पनि गुणस्तरीय सामानको उपभोगमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट बुटवल उद्योग बाणिज्य संघले गर्दै आएको भएपनि सरकारी संयन्त्रबाट पूर्ण सहयोग प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले संघले गरेको यस प्रकारका कार्यक्रमलाई समिक्षा गरेर सुझाव सल्लाह दिन पनि आग्रह गर्नुभयो ।
आज घटस्थापनादेखि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा खाद्यान्न, दैनिक उपभोग्य बस्तु, टर्की, लोकल कुखुरा, अण्डा, छपियाको माछा, चिया, डिडिसीको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन, चिनी लगायतका ३० वटा स्टल राखिएको दशैं बजारका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाका दरले नयाँ नोट सटहीको व्यबस्था मिलाईएको छ । हुनेखानेका लागि मात्रै नभएर हँदा खानेहरुकालागि दशैं सहज बनाउनकालागि पनि बुटवल उद्योग बाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै आएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले स्टल संख्या बढाउने भन्दा पनि सुलभ र गुणस्तरमा ध्यान दिईएको बताउनु भयो । उहाँका अनुसार दशैं सस्तो बजरमा बस्तुका आधारमा ३० प्रतिशतसम्म छुटका व्यबस्था मिलाईएको छ ।
दशैं सस्तो बजार उद्घाटन कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष जेतप्रसाद विश्वकर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधन, डिडिसी बुटवल कार्यालयका प्रमुख अयुव अलि खाँ लगायतले शुभकामना व्यक्त गर्दै बुटवल उद्योग बाणिज्य संघले सरकारले गर्नुपर्ने काम गरेको उल्लेख गर्दै यस्ता काममा सरकारको पनि सहयोग अपरिहार्य रहेको भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

≪ Previous Post

संविधान संशोधन नभए सडक आन्दोलन : अशोक राई

Next Post ≫

बिपि विचारको क्षेत्र र नगर समिति विस्तार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क