Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिशेष छुट सहित बुटवलमा दशै सस्तो बजार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिशेष छुट सहित बुटवलमा दशै सस्तो बजार

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0
बिशेष छुट सहित बुटवलमा  दशै सस्तो बजार
80
SHARES
ShareTweet

बुटवल, ११ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आज आईतबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन हुँदैछ । हिन्दुहरुको महान पर्व बडा दशैं, दीपावली, छठ लगायतका पर्वहरुलाई लक्षित गरि संघले दशैं बजार गर्न लागेको हो ।

घटस्थापनादेखि यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामानहरु खाध्यान्न, चिनी, नुन, तेल, दाल लगायतका सामाग्रि राखिने छ । त्यस्तैगरी दशैं सस्तो बजारमा छपियाको माछा समेत सुलभ मुल्यमा बिक्रि वितरणको व्यबस्था मिलाईएको छ ।

संघको सचिवालय परिषर बालमन्दिरमा सञ्चालन गरिने दशैंबजारमा दशैंकालागि नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको सुबिधा समेत उपलब्ध गराईने संघका कार्यसमिति सदस्य तथा दशैं बजारका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।

दशैं सस्तो बजारको तयारी पुरा भएको बताउँदै उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनकालागि संघले विगत देखि नै दशैं बजार सञ्चालन गर्दै आएको र यस पटक पनि दशैं बजार सञ्चालन गर्न लागिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । दशैं बजारमा आउने उपभोक्तालाई त्यहाबाट बिक्रि हुने सामानमा बिशेष छुट प्रदान गरिने संघले जनाएको छ ।

≪ Previous Post

सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी

Next Post ≫

आज घटस्थापना, दशैंको पहिलो दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क