बुटवल, १० असोज
बुटवलको नेपालगञ्ज रोडमा सञ्चालित सिमली डेन्टल केयर प्रालिले बुटवलको सरस्वती आधारभूत विद्यालयमा सिमली छात्रवृति अक्ष्यकोष स्थापना गरेको छ । डेन्टलका संचालक महेन्द्र अर्यालका स्व. पिता धनिराम शर्मा अर्यालको १३ औं वार्षिक पूण्य तिथीमा ५५ हजार ५ सय ५५ राशीको अक्ष्यकोष स्थापना गरिएको हो ।
अक्ष्यकोषबाट सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने गरिव, जेहेन्दार तथा अनाथ विद्यार्थीका लागि प्रत्येक बर्ष ५ जनाका दरले छात्रवृत्ति दिने गरी अक्ष्यकोष स्थापना गरिएको हो । अक्ष्यकोष बढाउने गरी प्रत्येक वर्ष कम्तिमा ५ हजारका दरले थप गर्दै जाने लक्ष्य रहेको कोष संरषण लिला अर्यालले जानकारी गराउनु भयो ।
यसैवीच अक्ष्यकोष संचालनका लागि लिला अर्याल संरक्षक रहेको समिति गठन गरिएको छ । जसको अध्यक्षमा महेन्द्र अर्याल, वडाध्यक्ष महेन्द्र लिगल, बलराम भट्टराई, विष्णु भुसाल र विद्यालयका प्रधानध्यापक तुल्सीराम शर्मा सदस्य सचिव रहेका छन् भने सल्लहाकार संयोजकमा नरेन्द्र बस्नेतलाई चयन गरिएको छ ।
सिमलीले बिहीबार विद्यालय परिषरमा निः शुल्क स्वास्थ्य शिविरसमेत गरेको छ । शिविरमा ३ सय १७ जनाको मुख तथा दातको परिक्षण गरिएको डाक्टर शिशिर अर्यालले जानकारी गराउनु भयो ।
डाक्टर अर्यालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा करिव १ लाख ५२ हजार बरावरको औषधीसमेत निः शुल्क वितरण गरिएको थियो ।