Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बिरोध प्रदर्शन सहित नेपाली काँग्रेसको जागरण अभियान समापन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बिरोध प्रदर्शन सहित नेपाली काँग्रेसको जागरण अभियान समापन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0
बिरोध प्रदर्शन सहित नेपाली काँग्रेसको जागरण अभियान समापन
80
SHARES
ShareTweet

कम्युनिष्ट सरकारबाट मुलुकमा बिकास र समृद्धि हुदैन : काँग्रेस नेतृ गुरुङ



बुटवल, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले रुपमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान देशब्यापी रुपमा विरोध प्रदर्शन सहित मंगलवार समापन गरिएको छ ।
जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान देशका सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभा गरेर समापन गरिएको हो ।
विपीको जन्मजयन्तीको अवसरमा सबै प्रदेशसभा निर्वाचन क्षेत्रका तोकिएको स्थानमा १०६ बिरूवा रोपेर अभियानको शुभारम्भ गरिएको थियो ।
देशका ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको जागरण अभियानमा केन्द्रबाट सबै निर्वाचन क्षेत्रमा खटिएका केन्द्रिय प्रतिनिधिहरुले सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिहरुको भण्डाफोर गर्नुका साथै पार्टीको भावि रणनीतिका विषयमा कार्यकर्ताहरुको सुझाव संकलन गरेका थिए ।
रुपन्देही जिल्लाका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा संचालन गरिएको जागरण अभियानमा बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, जनतामा करको बोझ, देशमा नेकपाको दुई तिहाईको सरकार वनेपछि मौलाउदै गएको विकृति, विसंगती र अत्याचारको विरोध गरिएको थियो ।
यस्तै नेपाली काँग्रेस रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा सरकार विरुद्ध प्रदर्शन गर्दै जागरण अभियानको समापन गरेको छ ।
भैरहवाको बुद्धचोकबाट सुरु भएको प्रदर्शन मिलनचोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
बिरोध सभामा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सीता गुरुङले सरकार संगै राष्ट्रपति बिद्यादेवी भण्डारीले समेत संवैधानिक दायरा नाघेर काँग्रेस सभापति शेरबहादुर देउवा बिरुद्ध बोलेको भन्दै राष्ट्रपतिलाई संवैधानिक दायरामा बस्नु सुझाव दिनुभयो ।
राष्ट्रपतिलाई पार्टी सभापति देउवाको ईतिहास पढ्न सुझाव दिदै केन्द्रीय सदस्य गुरुङले जनतालाई ललिपप देखाएर सत्तामा पुगेको कम्युनिष्ट सरकारको दुई बर्षे अवधिबाटै मुलुकमा बिकास र समृद्धि हुने विश्वास गुमेको वताउनुभयो ।
संविधानको रक्षाका लागि लाग्न पनि पार्टी कार्यकर्तालाई आग्रह गर्दै उहांले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसको भएको उल्लेख गर्नुभयो ।
उहांले सरकारले संविधान विपरित कार्यपालिका र न्यायपालिका आफ्नो मातहतमा राख्ने काम गरेको भन्दै उहाँले लोकतान्त्रिक मुल्य मान्यता विपरित हुने गतिबिधि नेपाली काँग्रेसलाई स्वीकार्य नहुने बताउनु भयो ।


बिरोध सभामा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारले राष्ट्रियतामा आँच आउने काम गरेको र महंगी, भ्रष्टाचार, अनियमितता, महिला हिंसा, बिकृति बिसंगतीमा सरकार रमाएको बताउँदै त्यसका बिरुद्ध जनतालाई सचेत गराउनकालागि जागरण अभियान र बिरोधको कार्यक्रम गरिएको बताउनु भयो ।
१५ दिनसम्म सञ्चालन भएको राष्ट्रिय जागरण सभापन सहितको उक्त बिरोध प्रदर्शनमा रुपन्देही जिल्लाका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता, सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको सो पार्टीले जनाएको छ । काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको कार्यक्रममा अर्का सचिव हरि काफ्लेले स्वागत गर्नुभएको थियो ।

≪ Previous Post

२०७६ साल असोज ८ गते बुधवारको राशिफल

Next Post ≫

बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क