Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0
बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन
90
SHARES
ShareTweet


बुटवल ८ असोज
त्रिभुवन बिश्वबिधालय बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पस, स्नातक तह तेश्रो बर्षका बिद्यार्थीहरुद्धारा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिबेदन एक कार्यक्रम बिच सार्बजनिक गरेका छन ।
गत भदौ २९ गते देखि रुपन्देही जिल्लाको रुद्रपुर सामुदायिक बन ,कञ्चन—४,गरगरे र लुम्बिनी साझेदारी बन ब्यबस्थापन समूहको करिब ४४५ हेक्टर बन क्षेत्रफलमा बनको भौगोलिक अवस्था,जैबिक बिबिधता,बोट बिरुवा र रुखहरुको अवस्था बारे एक हप्ता सम्म अध्ययन गरि प्रतिबेदन तयार गरिएको हो ।
रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन—४,गरगरे,रुपन्देहीको करिब ४४५ हेक्टरमा रहेको बन क्षेत्रलाई ८ वटा ब्लक बनाई गरिएको अध्ययनमा ८ बर्षे कार्ययोजना बनाई बैज्ञानिक ब्यबस्थापन गर्दा दिगो हुने र उपभोक्ता मुखि योजना हुने प्रतिवेदनमा प्रस्तुत गरिएको छ । बिद्यार्थीहरुद्धारा प्रस्तुत प्रतिबेदनमा वडा नं. ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिद्यार्थीहरुको सुक्ष्म अध्ययनले रुद्रपुर सामुदायिक बनको दिगो बिकास र बैज्ञानिक बन ब्यबस्थापनको लागि उपलब्धी मुलक हुने बताउनु भएको छ । यसैगरी कञ्चन सब डिभिजन बन कार्यलय रुद्रपुरका सहायक बन अधिकृत धनिश्वर न्यौपानेले बिधार्थीहरुको बिषयगत अध्ययनले बिधार्थीहरुको ज्ञानमा बृद्धि हुनुको साथै सम्बन्धित क्षेत्रमा गई गरिने अध्ययनले किताबी ज्ञानलाई अझ फराकिलो बनाउने बताउनु भएको छ ।
यसैगरी बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अध्ययनले अध्ययन स्थलका सामुदायिक बनहरुका लागि अझ महत्वपुर्ण हुने बताउदै भाबि समयका लागि ब्यबस्थित कार्ययोजना निर्माण गर्न सहयोग पग्ने धारणा उहाँले राख्नु भएको थियो ।
सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष दिनानाथ आचार्यले बैज्ञानिक ब्यबस्थापनको नाममा उपभोक्ताहरुको अधिकारलाई कुण्ठित गर्ने गरी गरिने बैज्ञानिक बन ब्यबस्थापन स्विकार्य नहुने र आफैले संरक्षण गरी हुर्काएको बनको उपयोग सहज ढंगले गर्न पाउनु पर्ने महासंघले माग राख्दै आइरहेको बताउनु भएको छ ।
यसैगरी बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पसका बिधार्थीहरुको अध्ययन टोलीका टोली प्रमुख तथा बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पसका उप प्राध्यापक निरु थापाले अध्ययन टोलीलाई अध्ययन स्थल उपलब्ध गराई हार्दिकताका साथ सुरक्षित आवास सहित सहयोग गरेकोमा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन—४,गरगरे,रुपन्देही र समूहका सम्पुर्ण पधाधिकारी अनि बुद्धिजिवस्हरुलाई धन्यबाद दिनु भएको थियो ।
समूका अध्यक्ष नाम बहादुर के.सीको अध्यक्षता तथा कार्यलय सचिव तुलसी प्रसाद अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा समूका पदाधिकारी,परिषद सदस्य,पुर्व अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

बिरोध प्रदर्शन सहित नेपाली काँग्रेसको जागरण अभियान समापन

Next Post ≫

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क