Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण
100
SHARES
ShareTweet


बुटवल, ८ असोज । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन भएको आरोप लगाउनु भएको छ ।
नेपालको सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टी बिच मंगलबार मात्रै भएको छ बुँदे सम्झौता प्रति ईगित गर्दै नेता खाँणले यस्तो आरोप लगाउनु भएको हो ।
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संस्थाको रुपमा सञ्चालन हुनेगरी सम्झौता भएको दावी गर्दै नेता खाँणले नेपालमा कम्युनिष्ट निरंकुशता ल्याउन खोजिएको जिकिर गर्नुभयो । कम्युनिष्ट शासनमा नागरिक स्वतन्त्रता हनन् हुने भएकाले नेकपाको निरंकुशता नेपाली जनतालाई स्वीकार्य नहुने उहांले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले दुई देशका कम्युनिष्ट पार्टीको सम्झौताले मुलुकको कुटनीतिक, राष्ट्र र राष्ट्रियतालाई गम्भिर असर गर्ने भन्दै सम्झौता प्रति आपत्ति प्रकट गर्नुभयो ।


त्यस्तै उहाँले जननिर्वाचित प्रतिनिधिलाई व्यङ्ग्य गर्ने र होच्याउने अधिकार राष्ट्रपतिलाई नभएको बताउँदै संवैधानिक दायरामा बसेर आफ्ना स्वर्गीय पति मदन भण्डारीको हत्याराको खोजी गर्न सुझाव दिनुभयो । ‘जननिर्वाचित प्रतिनिधिलाई व्यङ्ग्य गर्ने र होच्याउने अधिकार राष्ट्रपतिलाई छैन ।’ प्रमुख सचेतक खाँणले भन्नुभयो– ‘प्रधानमन्त्री केपी ओलीलाई लिएर दासढुंगा जानुहोस र आफ्ना पति स्वर्गीय मदन भण्डारीको हत्यारा पत्ता लगाउनुहोस, त्यसो भयो भने तपाईको आत्माले पनि शान्ति पाउने छ ।’


नेपाली काँग्रेस रुपन्देही प्रदेश निर्वाचन क्षेत्र २ (क)ले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा सहयोग गर्नेहरुलाई सम्मानकालागि रुपन्देहीको ड्राईभर टोलमा बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खाँणले सरकारले संवैधानिक व्यबस्था अनुसारका स्वतन्त्र निकायहरुलाई कमजोर बनाउने गरी बिधेयक ल्याएको बताउँदै त्यस्ता संविधान प्रतिकुल देखिएका विधेयकहरु पास हुन नदिने प्रष्ट पार्नुभयो ।
लोकतन्त्र र संविधानको रक्षाका लागि पुनः काँग्रेस जाग्नु पर्ने बेला आएकोले पार्टी भित्रका मतान्तर र तिक्ततालाई बिर्सेर सरकारका गलत कामको बिरुद्धमा एकजुट हुन पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।


उहाँले नेपाली काँग्रेस कमजोर हुँदा काँग्रेसका नेता कार्यकर्ता मात्रै कमजोर नभएर राष्ट्र, राष्ट्रियता र लोकतन्त्र पनि कमजोर हुने र अप्रजातान्त्रिक शक्तिहरुले टाउको उठाउने भएकाले मुलुकको बिकास र समृद्धिको लागि पार्टीलाई सवल बनाउने काममा लाग्न पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा काँग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले निर्वाचनमा पार्टीले हारेपनि पार्टीको सिद्धान्त र मुल्य मान्यताले जितेको स्मरण गराउँदै बहुमत प्राप्त सरकारबाट न्याय, सुशासन, सुरक्षा लगायतका कुनै पनि कुराको आशा गर्न नसकिने बताउनु भयो ।
नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र २ (क) का सभापति माधवलाल देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, केन्द्रीय प्रतिनिधि माधवप्रसाद नेपाल, जिल्ला सचिव रामकृष्ण खाँण, प्रदेश निर्वाचन क्षेत्र २ (क) का सचिव राममायाँ पौडेल, सहसचिव नेत्र भट्टराई लगायतले धारणा राख्दै जागरण अभियानले पार्टीका नेता कार्यकर्तामा उत्साह र उर्जा थपिएको धारणा राखनुभयो ।

≪ Previous Post

बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन

Next Post ≫

बजार अनुगमन प्रभावकारी नहुंदा उपभोक्ता ठगिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क