Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामाजिक सुरक्षा ऐनले साना तथा मझौला लगानी कर्तालाई विस्थापित गर्ने व्यवसायीको गुनासो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक सुरक्षा ऐनले साना तथा मझौला लगानी कर्तालाई विस्थापित गर्ने व्यवसायीको गुनासो

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७६ · 0
सामाजिक सुरक्षा ऐनले साना तथा मझौला लगानी कर्तालाई विस्थापित गर्ने व्यवसायीको गुनासो
120
SHARES
ShareTweet

बुटवल ५ असोज
सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले साना तथा मझौला व्यवसायीलाई विस्थापित गर्ने धारणा एक कार्यक्रममा वोल्ने सरोकारवालाले औल्याएका छन । विकसित तथा औद्योगिकीकरण भएका मुलुकमा लागु गर्ने ऐनलाई कृषि प्रधान मुलुकमा लागु गर्न खोज्नुले साना लगानी कर्तालाई विस्थापित गरि ठुला लगानीकर्तालाई प्राथमिकता दिन खोजेको गुनासो समेत सहभागी वत्ताहरुले बताएका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आईतवार बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्नेहरुले सरकारले लागु गरेको ऐनले व्यवसायीलाई बचाउने भन्दा पनि श्रमिकलाई खुशि वनाउने गरि ल्याएकोले कार्यान्वयनमा समस्या उत्पन्न हुने जिकिर गरेका छन ।
यो ऐन कार्यान्वयनका लागि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० दिनै पर्ने र त्यसमा २० प्रतिशत थप गरि श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गरि दिनु पर्ने व्यवस्था रहेको छ । ऐन कार्यान्वयन गर्ने रोजगारदााताले श्रमिकको मृत्यु भएमा वा औषधी उपचारमा भने थप रकम खर्च गर्न नपर्ने व्यवस्था गरेको छ ।
कार्यक्रममा होटल व्यवपसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले छलफल विना ल्याईएको ऐनले साना लगानी कर्ता विस्थापित हुने आशंका बढेको बताउदै ऐनको विरोध गर्नेहरुलाई श्रमिक विरोधीको आरोप लाग्ने धारणा राख्नु भयो ।
उहाँले श्रमिकको लागि उत्कृष्ट मानिएको ऐन विना छलफल कार्यान्वयमा समस्या आउने दावि गर्नु भयो ।
समयुक्त ट्रेड युनियन सेन्टर प्रदेश पाँचका संयोजक हरि कार्कीले ऐनले श्रमिकका लागि मात्र नभई उद्योगी व्यवसायीका लागि पनि दीर्घकालिन रुपमा राम्रो हुने बताउनु भयो । उहाँले उद्योग व्यवसाय लथालिङ भताभुङ गरि संचालन गर्ने व्यवसायीलाई मात्र ऐनले समस्या पार्ने धारणा व्यक्त गर्नु भयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु नगर्ने व्यवसायीको व्यवसाय नविकरण नहुने गरि सरकारले विनिमय वनाउन लागेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ प्रदेश पाचका उपाध्यक्ष महेन्द्र श्रेष्ठले साना लगानी कर्तालाई विस्थापित गर्ने गरि ल्याईएको ऐनले खाए खा नखाए घिचको अवस्था आएको बताउनु भयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष वाबुराम वोहोरा र मणिमुकुन्द्र सेन उद्यानका अध्यक्ष खेम लुईटेलले निर्वाहमुखि रुपमा व्यवसाय संचालन गरेकाहरुलाई उऐनले समस्या हुने र उनिहरु व्यवसायवाट विस्थापित हुने चेतावनी दिनु भयो ।
संघका अध्यक्ष समुन्द्र जिसीले सरकारले लागु गरेकोे योगदानमा आधारित सामाजिक सुरक्षा ऐन असल नियतले ल्याईएको भए पनि कार्यान्वयनमा जटिलता देखिएकोले पुनः विचार गर्न माग गर्र्नु भयो ।
संघका महासचिव माधव कुमार खनाल र व्यवसायी प्रदिप जिसीले रोजगारदाता सुरक्षित भए श्रमिकको रोजगारी सुनिश्चित हुन्छ भन्ने भावनालाई सरकारले अगिकार गर्न नसकेको धारणा राख्नु भएको थियो ।

≪ Previous Post

प्यूठान रुपन्देही सम्पर्क मञ्चद्धारा ६६ युनिट रक्तदान

Next Post ≫

२०७६ साल असोज ६ गतेको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क